नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले जनमत
गुमाइसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले पैसा खाएर संघको वर्तमान
कार्यसमिति विघटन गरेको आरोप लगाएकी छन् ।
शनिबार अपरान्ह रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सिजापतिले
प्रधानमन्त्री देउवा र उनकी पत्नी डा। आरजु राणाले आर्थिक चलखेलमा विधान
विपरित वर्तमान कार्यसमिति भंग गरेको आरोप लगाइन् ।
‘अन्तराष्ट्रिय मान्यता र परिवार नियोजन संघको विधान विपरित साधरण सदस्य
समेत नरहने गरी कारबाही गरिएका छत्रबहादुर गिरीको नेतृत्वमा तदर्थ समिति
गठन गरिएको छ’, उनले भनिन्, ‘यसमा ठूलो आर्थिक चलखेल भएको छ ।’
उनले आफूले प्रधानमन्त्री देउवा र उनकी पत्नीलाई नभेटेकोले आफूमाथि
अन्याय गरिएको गुनासो पोखिन् । सिजापतिले थपिन्, ‘मैले प्रधानमन्त्रीजीको
स्वार्थ पूरा गर्न सकिन, राति उहाँकहाँ जान सकिन, दिउँसो मसँग समय नै थिएन,
त्यसैले मलाई अन्यायपूर्वक विधानविपरित हटाइयो ।’
उनले आफूले प्रधानमन्त्री देउवा र उनकी पत्नीलाई नभेटेकोले आफूमाथि
अन्याय गरिएको गुनासो पोखिन् । सिजापतिले थपिन्, ‘मैले प्रधानमन्त्रीजीको
स्वार्थ पूरा गर्न सकिन, राति उहाँकहाँ जान सकिन, दिउँसो मसँग समय नै थिएन,
त्यसैले मलाई अन्यायपूर्वक विधानविपरित हटाइयो ।’
उनले आफूलाई प्रधानमन्त्री देउवाले हटाउनै नसक्ने ठोकुवा पनि गरिन् ।
‘मलाई मन्त्रिपरिषदले हटाउनै सक्दैन, म निर्वाचित भएर आएकी अध्यक्ष हुँ,
मैले कुनै आर्थिक हिनामिना गरेको छैन’, उनले भनिन्, ‘मलाई हटाउन दुईतिहाइ
सदस्यले मात्रै सक्छन्, देउवा र आरजुले होइन् ।’
सिजापतीले संघको विधान पढ्न पनि देउवा र आरजुलाई आग्रह गरिन् ।
सिजापतिले उक्त निर्णयमा सरकाले पूनर्विचार नगरे अदालत जाने बताइन् । उनले
अदालतबाट उक्त निर्णय उल्टाउने चेतावनी दिँदै अन्तर्राष्ट्रिय परिवार
नियोजन संघमा पनि आफू जान तयार रहेको उल्लेख गरिन् ।
उनले विधानमा संघको कार्यसमितिमा १२ जना रहने व्यवस्था हुँदाहुँदै
देउवाले विधानविपरित १८ सदस्यीय समिति बनाएको भन्दै आपत्ति समेत जनाइन् ।
यो पनि पढ्नुहोस् :
काठमाडौं – दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट
प्रतियोगितामा शनिबार जिएचसिएले आइओई थापाथलीलाई ८ विकेटले पराजित गरेको छ।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा आइओईले प्रस्तुत गरेको ६२
रनको लक्ष्य जिएचसिएले ९ ओभरमा २ विकेट गुमाउदै पूरा गरेको थियो। जिएचसिएका
अविशेक बस्नेतले २७ र सुशान्त तिमल्सिनाले २० रन जोडे।
यसअघि सुरुआती ब्याटिङ गरेको आइओइ १७ ओभरमा ६२ रनमा समेटिएको थियो ।
सुशिल भट्टले जोडेको अविजित २२ रन आइओइका खेलाडीको उच्च स्कोर थियो।
त्यस्तै शनिबार सम्पन्न अर्को खेलमा नेपाल क्रिकेट स्कुलले ओएसिसलाई ४८ रनले पराजित गरेको छ।
नेपाल क्रिकेट स्कुलले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको
ओएसिसले १९ ओभरमा मात्र ९७ रन जोड्दा सबै विकेट गुमाएको थियो । ओएसिसका
विशाल लिम्बुले २० रन जोडे।
यसअघि पहिले ब्याटिङ गरेको नेपाल क्रिकेट स्कुलले निर्धारित २० ओभरमा ६
विकेट गुमाउदै १ सय ४५ रनको लक्ष्य पस्तुत गरेको थियो। नेपाल क्रिकेटका
ओपनर जितेन्द्रसिंह ठाकुरले ५३ र दिपेश दासले अविजित ४१ रन बनाएका थिए।
यो पनि पढ्नुहोस् :
जब प्रेमको भूत चढ्छ तब प्रेमले बजार नचाउँछ । यस्तै मामला भारतको
हिमाञ्चल जिल्लाको अम्ब क्षेत्रमा देखिएको छ । एक महिलालाई चार बच्चाका
बाबुसंग माया पाउन तब अप्ठेरो पर्यो जब प्रेमीकी पत्नी र छोरीले उनलाई
बजारमै कुटे । यो घटना ऊनाको अम्ब विधानसभा क्षेत्रसंग जोडिएको छ ।
.अम्ब बस स्टेशनमा त्यो समय हंगामा भयो जब एक महिलाले आफ्नो पतिलाई अन्य
महिलासंग देखिन् उनलाई जमेर कुटिन । जबकि त्यहि मौका छोपेर उनका पति मौका
फरार भएका थिए । अहिले यो केश प्रहरीसम्म पुगिसकेको छ । महिलाका पतिले
आफ्ना चार बच्चा र पत्नीलाई छोडेर अरुसंग नै विहे गर्ने अम्बे पुगेका थिए ।
.जब महिलाले आफ्नो पतिको क्रियाकलापबारे थाहा पाइन तब आफ्नी छोरी सहित
उनी अम्बे पुगेकी थिइन् । जसरी पति आफ्नो प्रेमिकाका साथ अम्बे बस स्टेशनमा
पुगे अनि उसकी पत्नी र छोरीले दुबैलाई सोधपुछ गरेका थिए ।
.पति मौकाको फाइदा उठाउँदै फरार भएपनि पतिकी प्रेमिकालाई आमा र छोरी
मिलेर बजारमै कुटेका थिए । त्यसपछि पत्नी र छोरीलाई प्रेमिकालाई मारपिट
गर्न लागेका बेला प्रहरीले पक्राउ गरेर थानामा लिएको थियो ।
.पिटाई खाएकी महिलाले भने आफ्नो प्रेमी विवाहित भएको समेत थाहा नपाएको
बताएकी छिन् । यस घटनाबारेमा अनुसन्धान गर्दै कार्वाही अगाडि बढाएको एसपी
ऊना अनुपम शर्माले जानकारी बताइन् । एजेन्सी ।
यो पनि पढ्नुहोस् :
१४ माघ, काठमाण्डौ । अब बन्ने नयाँ सरकारको नेतृत्व नेकपा एमालेका
अध्यक्ष केपी शर्मा ओलीले गर्ने लगभग निश्चित जस्तै भएको छ । यद्यपी एमाले र
माओवादीले यस विषयमा औपचारिका रुपमा टुङ्गो लगाएका छैनन् ।
तर दुई दलबिच नै एकता भएर वा नभै, जुनसुकै अवस्थामा पनि सरकार बनाउने
सहमति भइसकेको छ । ओली नेतृत्वको सरकारमा माओवादीले नेता नारायणकाजी
श्रेष्ठलाई उपप्रधानमन्त्रीको रुपमा पठाउने तयारी गरेको छ ।
प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनावमा पराजित श्रेष्ठ मन्त्री बन्न योग्य त
छैनन्, तर उनलाई राष्ट्रियसभामा मनोनित गरेर सासंद बनाउने र सरकारमा
पठाउने विषयमा छलफल भएको हो ।
दुई दलबिच एकताका लागि सुत्रधार मानिएका श्रेष्ठलाई मनोनित सासंद बनाएर
सरकारमा सहभागि गराउने विषयमा ओली पनि सकारात्मक रहेको बताईएको छ ।
एमालेका नेता बामदेव गौतमलाई पनि राष्ट्रियसभामा मनोनित गर्ने विषयमा छलफल भएको छ । गौतम पनि प्रतिनिधिसमा चुनावमा पराजित भएका थिए ।
तर पार्टी एकता प्रक्रियामा महत्वपूर्ण योगदान भएकाले मनोनित गरेर भए पनि राष्ट्रियसभा लैजान लागिएको हो ।
तर श्रेष्ठ र गौतम दुवैले खुलेर स्विकार गरेका छैनन् । तर नेता कार्यकर्ताले दुवै नेतालाई मनोनित गर्नुपर्ने दबाब दिइरहेका छन् ।
गौतम र श्रेष्ठका साथै कांग्रेसबाट आरजु राणालाई मनोनित गर्ने रणनीतिमा
कांग्रेस सभापति देउवा छन् । देउवाले नै सुरुमा राणा, श्रेष्ठ गौतमलाई
राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेको बताइएको छ ।
५९ सदस्ययी राष्ट्रियसभामा एकजनासहित तीन जना सरकारले मनोनित गर्नुपर्ने हुन्छ ।
आइत, माघ १४, २०७४ मा प्रकाशित
