हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्ति गरेको हो ।
आइतवार कम्पनीका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हाथवे इन्भेष्टमेन्ट नेपालले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
यसैबीच एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आज शुक्रबार दिउँसो साढे १५ प्रतिशतमात्रै सब्सक्राइब्ड भएको छ। यो बैंकले गत असोज २५ गतेबाट आफ्ना सेयरधनीहरुका लागि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।
MORE COOL STUFFAdskeeper
Ready To Shop? These Are The Most Successful Celebrity Brands
These Strange Ways Will Keep Your Relationship Strong Day To Day
Weird Tricks For Improving Your Relationship
20 Facts You Need To Know About This Australian Beauty
बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गरेको छ।
सीडीएससीका अनुसार आज शुक्रबार दिउँसो पौने ३ बजेसम्म यो हकप्रदमा ५ हजार ४२५ आवेदकबाट ३ लाख ७७ हजार ४९९ कित्तामात्रै माग भएको छ। जुन कुल निष्कासनको १५.५१ प्रतिशतमात्रै हो।
नेपाल धितोपत्र बोर्डले यो बैंकलाई गत साउन ३१ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आउँदो कात्तिक १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
हकप्रद जारी प्रयोजनका लागि बैंकले गत असोज १ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै आवेदन दिन योग्य भएका छन्। अर्थनत्रले लेखेकाे छ ।
No comments:
Post a Comment