Thursday, November 10, 2016

ओलीको उपचार खर्चले मात्रैपनि बन्थे भूकम्प पीडितका ५८९ घर, १ किमी सडकका लागि ५ लाख लाग्दा पनि ३५४ किलोमिटर पक्की मोटरबाटो अरु पढ्नुहोस !



कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने देखिएको छ ।
ओलीले सरकारबाट २०५४ असार १५ गते २० लाख २५ हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, २०६४ साउन ६ गते २७ लाख १२ हजार १००, २०६८ भदौ १३ गते ३५ लाख ७३ हजार, २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३ हजार, २०७१ चैत ५ गते ३७ लाख ७३ हजार, २०७२ कार्तिक ९ गते २ करोड १२ लाख ३ सय र २०७२ कागुन ३ गते ४ करोड ९८ लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख सतसठ्ठी हजार चार सय २ रुपैयाँ दोहन गरेका छन् ।


ओलीको खर्च विवरण

ओलीले उपचारका नाममा लिएको यो रकम दक्षिण एसियामै सबैभन्दा बढी हो । एउटा रोगी नेता पाल्दा यसले राज्यको विकास र प्रगतिमै नकारात्मक प्रभाव पारेको छ । ओलीले लिएको उपचार खर्चले ५८९ जना भूकम्प पीडितको घर बन्न सक्ने देखिएको छ । उनले लिएको उपचार खर्च लगभग मुस्ताङ, मनाङजस्ता साना जिल्लाको एक वर्षको बजेट बराबर छ ।


ओलीले लिएको उपचार खर्चबाट १ किमी सडकका लागि ५ लाख लाग्दा पनि ३५४ किलोमिटर पक्की मोटरबाटो, १ पोललाई १० हजार लाग्दा १७,६६७ बिजुलीका पोल, एउटा भवनको १२ लाख लाग्दा १४८ विद्यालय भवन, एउटा फारमका लागि २० लाख लाग्दा ८९ वटा आधुनिक कृषि फारम, प्रतिघर ३ लाख लाग्दा ५८९ जना भूकम्प पीडितका लागि नयाँ घर र एउटा सिंगो धरहरा बन्न सक्थ्यो ।


ओलीको जसरी नै राज्यले व्यक्तिलाई पैसा बाँड्ने हो भने १० वर्षमा देश कंगाल हुने अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । देशले सधैं रोगी नेता पाल्नुपर्ने बिडम्बना कहिले अन्त्य हुन्छ ? नेपालका लागि निकै ठूलो चिन्ताको विषय हो । यसरी हेर्दा ओलीले लिएको उपचार खर्चले देशको प्रगति नै रोकिएको भन्न सकिन्छ ।

-

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...