Friday, January 26, 2018

नवराज सिलवाललाई ‘इन्काउण्टर’मा मार्ने प्रयास !

नेपाल प्रहरीका पूर्वडिआइजी तथा ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले आफूलाई प्रहरीले नै मार्न खोजेको भन्दै जीवनरक्षाको अपिल गरेका छन् । उनले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । सिलवालले विज्ञप्तिमा भनेका छन् ‘अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इशारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ ।’
सिलवाललेसांकेतिक रुपमा आफूलाई प्रहरीले फरार अपराधी घोषणा गरी ‘इन्काउण्टर’मा मार्न खोजेको बताएका छन् । सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् । उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् । उनले अर्को सरकार गठन भइ निष्पक्ष छानबिन हुने वातावरण नहुँदासम्म आफू फरार नै रहने संकेतसमेत गरेका छन् ।
सिलवालले अनुसन्धानको सहज वातावरण नहुँदासम्म धैर्य गर्न आफ्ना मतदातालाई आग्रह गर्दै त्यतिबेलासम्म आफू अनुसन्धानमा सहभागी नहुने (अर्थात फरार नै रहने) संकेत गरेका हुन् । उनले कागजात फेरबदलमा सरकार र प्रहरी उच्च तह नै संलग्न रहेको आरोपसमेत लगाएका छन् । उनले यो वीचमा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कारवाही हुनुपर्ने बताएका छन् । किर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा सरकारले पुरस्कृत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।आजको अनलाइन खबरमा छ

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...