Saturday, January 27, 2018

गुगल म्यापको भर पर्दा गाडी पुग्यो सीधै नदीमा !

तीब्र विकास भइरहेको प्रविधिबिना मानिस एक पाइला पनि चल्न नसक्ने अवस्था आएको छ । मानिसहरु अहिले कतै जानुपर्‍यो भने कसैको सहयोग लिनु भन्दा मोबाइल फोन, जिपिएस या अन्य प्रविधिको सहयोग लिन्छन् ।
कहिलेकाहीँ तपाईँ हामीले विश्वास गरेको प्रविधिले नराम्ररी धोका दिन्छ । यस्तै धोका एक युवालाई प्रविधिले दिएको छ । आफू जाँदै गरेको स्थानबारे जानकारी नलिई मोबाइल जीपीएसको सहयोगमा यात्रा गरिरहेका एक युवा कारसहित एकै चोटी नदीमा खस्न पुगेका छन् ।
जीपीएसको सहयोगमा कारलाई अघि बढाउँदा ती युवा एकै झट्का नदीमा डुबुल्की लगाउन पुगेका हुन् ।
अमेरिकाको पूर्वोत्तरस्थित भरमोन्ट राज्यको पुलिसले दिएको जानकारी अनुसार गुगलले बनाएको वेज म्यापको भर पर्दा युवा सवार गाडी एकै चोटी नदीमा गिरेको हो । यो घटना १२ जनवरीमा भएको हो । ड्राइभरले त्यसबेला जीपीएसको सहयोगमा हाँकिरहेका थिए । जीपीएसले उनलाई सीधा अघि बढ्न भन्यो, जीपीएसको निर्देशन मान्दै ती युवा के अगाडि बढेका मात्रै थिए, सीधै हिउँ जमेको नदीमा गएर कार बजारियो ।
रिपोर्ट लिएका पुलिस अधिकृतका अनुसार कारमा सवार व्यक्तिले मादक पदार्थ तथा लागू पदार्थ केही पनि लिएका थिएनन् । सडकमा बजारिएको कारको अगाडिको भाग डुबेको थियो भने पछाडिको भाग नदी बाहिर थियो।
ती युवाका अनुसार यो घटना हुँदा त्यो स्थानमा तीब्ररुपमा पानी परिरहेको थियो भने धेरै अध्याँरो पनि भएको थियो । कारका मालिक तारा ग्वेरटिनले भनेका छन्, ‘म निशब्द छु, केही भन्नै सक्दिन । मैले दुर्घटनापछि कारमा सवार सबै मानिस ठीक छन् कि छैनन् भन्ने बुझेँ । तर सबै मानिस ठीक रहेको थाहा पाएपछि मलाई राहत भयो ।’
गूगलको वेज एपले सहीरुपमा बाटो देखाउन नसक्दा यो दुर्घटना भएको हो । यसैकारण गाडी सडकबाट सीधै नदीमा खस्न पुग्यो । यस घटनापछि गुगलका प्रवक्ता जुली मोस्लरले भनेकी छन्, ‘वेज म्याप दैनिक लाखौँ पटक सम्पादन भएर नियमित अपडेट हुन्छ । यो एपसँग सबै किसिमको जानकारी हुन्छ ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...