Saturday, January 27, 2018

१०-हजार भन्दा बढी नेपाली महिला दुबइमा यौनकर्मी, यसरी भयो खुलासा

भारतको केन्द्रीय अनुसन्धान व्युरो ( सिबिआई)ले नेपाली चेलीहरु दुवइमा देहब्यापारका लागि तस्करी भैरहेको सनसनीपूर्ण खुलासा गरेको छ । अहिले दुवइमा ८ हजार भन्दा बढी नेपाली चेली देहब्यापारमा संलग्न भैरहेको सिबिआइको दावी छ ।

यो अनुसन्धान बहुपक्षीय जासूसी संस्थाको सहयोगमा गरिएको टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा उल्लेख छ । सन् २०१४ को डिसेम्बर सम्म भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको बाटो भएर कम्तिमा ८ हजार नेपाली केटीहरु देह ब्यापारका लागि दुवई पुर्‍याइएको उक्त रिपोर्टको दावी छ । रिपोर्टका अनुसार यो अवधीमा २० देखि ३० वर्ष उमेरका कम्तिमा ६ देखि ८ हजार सम्म नेपाली महिला दुवई पुगिसकेका छन् ।

सिबिआइले यस विषयमा भारतीय विदेशमन्त्रालय, गृहमन्त्रालय, आप्रबास ब्युरो तथा इन्टरपोल हुँदै नेपालका अधिकारीहरुलाई जानकारी गराइसकेको बताइएको छ ।

यसरी महिलाहरुलाई दलालहरुले पर्यटक भिसामा त्यहाँ पुर्‍याउने र बेश्या वृत्तिमा लगाउने गरेको सिबिआइ, फरेन रजिष्ट्रेशन अफिस, एयर इण्डिया, कतार एयरवेज, ब्युरो अफ इमिग्रेसन र नयाँ दिल्लीमा आधारित १५ वटा ट्राभल एजेन्सीको सहयोगमा गरिएको यो अनुसन्धानले देखाएको हो ।

अधिकाँश युवतीहरुलाई केन्याको नैरोवीसम्मको यात्राका लागि होटल रुम समेत बुक गरेर लैजाने गरिएको र दुवइ पुगेपछि भने त्यस्ता युवतीहरुको टिकट रद्ध गर्ने गरिएको छ । कतिपय युवतीहरुले दुवईमा काम गर्नका लागि पेपर भिसा समेत ल्याएपनि त्यो लुकाएर राख्ने र दुवई पुगेपछि मात्र देखाउने गरेका छन् ।

सन् २०१४ को जुलाईमा मात्र ७६ जना नेपाली युवती नैरोबीका लागि टिकेट काटेर एयर इण्डियाको विमानबाट दुवई पुगेको खुलासा पनि यो अनुसन्धानले गरेको छ ।
अधिकारीहरुले भने कागजातमा कतै केही समस्या नभएका कारण यस्ता युवतीहरुलाई रोक्न नसकिने बताएका छन् ।
    From: Tattatokhabar

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...