लाखौं दर्शक र स्रोता भएको यो कार्यक्रमले दश बर्षको आफ्नो अत्यन्तै सफल यात्रा यहि महिना देखि अन्त्य गरेको छ । तर आगामी दिनमा फेरी यो कार्यक्रम सञ्चालनमा आउने सम्भावना भने छ । दश बर्षको अवधिमा यो कार्यक्रमले समाजमा रहेका विकृति,विसंगत,भ्रष्टचार र जनताको चासोका विषयलाई प्रमुखताका साथ प्रसारण गर्दै आएको थियो । प्रत्यक्ष स्रोता सहभागीतामा सञ्चालनमा हुने यो कार्यक्रम नेपालकै सबै भन्दा धेरै स्रोता दर्शक भएको कार्यक्रम समेत हो ।
नारायण श्रेष्ठ,विद्या चापागाई लगाएतका उत्कृष्ट सञ्चालकहरुले कार्यक्रमलाई सञ्चालनको जिम्मेवारी लिएका थिए भने सो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट समेत प्रसारण हुने गर्दथ्यो । अत्यन्तै लाकेप्रिय कार्यक्रम साझा सवाद बन्द भए पछि धेरैले दुख व्यक्त गर्ने निश्चित छ
No comments:
Post a Comment