निर्मल निवास निकट स्रोतका अनुसार हिमानी ट्रस्टका नाममा सामाजिक सेवामा सक्रिय हिमानीले पनि राजनीतिमा प्रवेश गर्न ईच्छुक रहेको संकेत गरेकी छिन् । उनले राष्ट्रिय सभाको सांसदमा मनोनीत हुनसके राजनीतिक कोर्स अगाडि बढाउन सहज हुनेतर्फ संकेत गरेकी छिन् ।
निर्मल निवासका निकटस्थहरुले हिमानीलाई राष्ट्रिय सभा सांसद बनाउनेबारे दलका नेताहरुसंग छलफलको वातावरण बनाउन थालेका छन् ।
स्रोतका अनुसार थाइल्याण्डमा एमाले अध्यक्ष केपी ओलीसंग भेट हुदा हिमानीले राजनीतिमा आएर जनताबाट अनुमोदित हुन तयार रहेको बताएकी थिइन् । त्यसका लागि पार्टी खोल्ने भन्दा पनि तत्काललाई तटस्थ भूमिकाबाट अघि बढ्न हिमानीले चाहेको बताइन्छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामा परेर राष्ट्रियसभा सांसद बन्न हिमानीले रुची बढाएपछि शाही पाश्र्ववर्तीहरुले प्रधानमन्त्रीसहित दलका नेताहरुसंगको भेटवार्ता तिव्र पारेका छन् ।
यो पनि पढ्नुहोस् :
काठमाडौं गएका श्रीमानको फोन उठाउँदा उड्यो श्रीमतीको होस…
काठमाडौं। कामको सिलसिलामा काठमाडौं गएका एक व्यापारीको फोनबाट उनकी श्रीमतीलाई फोन आयो । तर, फोनमा उनका श्रीमान् होइन अर्कै मान्छे बोलिरहेका थिए । ती व्यक्तिले २० लाख रुपैयाँको माग गरेपछि श्रीमतीको होसहवास उड्यो ।
भारतको उज्जैनबाट ती व्यापारी व्यापारको सिलसिलामा काठमाडौं आएका थिए । तर यही क्रममा उनको अपहरण भएको थियो । डराएकी श्रीमतीले अपहरणकारीले मागेको रकम उसले बताएको बैंक खातामा जम्मा गरिदिइन र प्रहरीकहाँ गइन् ।
पैसा पाएपछि व्यापारी छुटे । छुटेपछि उनले आफूलाई ४ दिनसम्म बन्धक बनाएर राखिएको र निकै कुटपिट गरेको बताए । प्रहरीले षड्यन्त्र रच्ने ती व्यापारीका परिचित व्यक्तिलाई पक्राउ गरेको छ ।
ती महिलाले बताएअनुसार ती व्यापारी पावेश सिंह २३ अगष्टका दिन कामको सिलसिलामा नेपाल जानुपर्ने भन्दै घरबाट हिँडेका थिए । इन्दौरबाट फ्लाइटमा मुम्बइ पुगेका ती व्यापारीले त्यहाँ पश्चिम बंगालका व्यापारी सुरजित सिंह मण्डलसँग भेटेका थिए । ती व्यापारी पनि पावेशको परिचित थिए । त्यसपछि उनी त्यहीँबाट नेपालका लागि उडेका थिए ।
उनी नेपाल पुगेपछि उनकी पत्नीलाई ५ फोन आए तर उनले ती फोन उठाउन सकिनन् । पछि मिसकल देखेपछि उनले ह्वाट्सएपमा सोभिन् ‘के भयो ?’ लगत्तै पत्नीलाई पतीकै नम्बरबाट भिडियो कल आयो ।
पावेशले श्रीमतीलाई भने ‘यहाँ केही व्यक्तिले मेरो अपहरण गरेका छन् । यिनीहरुले २० लाख रुपैयाँ मागेका छन् । जतिसक्यो छिटो व्यवस्था गर्नु । अन्यथा यिनीहरुले मलाई जे पनि गर्न सक्छन् ।’
त्यसपछि अर्का युवकले पावेशकी श्रीमती आरतीलाई दुई एकाउण्ट नम्बर दिए र जति पैसा छ तुरुन्त दिन भने । अपहरणकर्ताले यदि यो कुरा कसैलाई भनेमा नेपालमै पावेशविरुद्ध उजुरी गरेर १० देखि १५ वर्षसम्मको लागि जेलमा फसाउने धम्की दिए ।
आरतीले उनीहरुले आफ्ना श्रीमान्लाई मारिदिने डरले थोरै थोरै गरेर सबै रकम खातामा राखिदिइन् । अब पावेश छुट्छन् भन्ने लागेपछि उनी प्रहरीकहाँ गइन् ।
पावेशका अनुसार मुम्बइदेखि काठमाडौंसम्मको टिकट तिनै व्यक्तिहरुले मिलाएका थिए । उनीहरुले पावेशलाई नेपालमा ठूलो पार्टी भएको र त्यहाँ व्यापारको ठूलो डिल हुन सक्ने बताएका थिए । काठमाडौंमा पनि उनलाई लिन एयरपोर्टमै मान्छे पठाएका थिए । पावेशले उनीहरुको कुरा विश्वास गरेर सँगै हिँडे तर उनीहरुले पावेशलाई पुरानो घरमा राखेर पहिले १ करोड मागेका थिए । पछि पावेशले आफूसँग यति ठूलो रकम नभएको भनेपछि घट्दै घट्दै २० लाख मागेका थिए ।
खातामा पैसा आएपछि अपहरणकारहिरुले पावेशलाई छोडिदिए । त्यहाँबाट छुटेपछि उनी दिल्ली पुगे र आरतीलाई फोन गरे । सूचना पाएपछि उज्जैन प्रहरी आरतीसँगै दिल्ली पुग्यो र पावेशलाई लिएर उज्जैन गयो ।
पछि अनुसन्धानका क्रममा पश्चिम बंगालका तिनै व्यापारी सुरजित सिंह मण्डलले नै षड्यन्त्र रचेको खुलेपछि प्रहरीले उनलाई कलकत्ताबाट पक्राउ गरेको छ । नेपाली अपहरणकारीहरुलाई पक्राउ गर्न नेपाल आउने तयारी भइरहेको उज्जैन प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment