Saturday, January 27, 2018

प्रहरी इन्काउन्टरमा मारिदै पुर्व डिआईजी,एमाले नेता तथा निर्वाचित सासंद नवराज सिलवाल,यस्तो छ योजना

पुर्व डिआईजी तथा ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले आफूलाई प्रहरीले नै मार्न खोजेको भन्दै जीवनरक्षाको माग गरेका छन् । शक्तिको दुरुपयोग गर्दै आफुलाई वर्तमान सरकार र प्रहरीकै केहि तत्त्वहरु आफ्नो पछि जिउज्यान लगाएर लागि परेको गुनासो गरेका हुन् ।
सिलवालले विज्ञप्तिमा भनेका छन् ‘अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इशारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ ।’सिलवाललेसांकेतिक रुपमा आफूलाई प्रहरीले फरार अपराधी घोषणा गरी ‘इन्काउण्टर’मा मार्न खोजेको बताएका छन् ।
सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् । उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् । उनले अर्को सरकार गठन भइ निष्पक्ष छानबिन हुने वातावरण नहुँदासम्म आफू फरार नै रहने संकेतसमेत गरेका छन् ।सिलवालले अनुसन्धानको सहज वातावरण नहुँदासम्म धैर्य गर्न आफ्ना मतदातालाई आग्रह गर्दै त्यतिबेलासम्म आफू अनुसन्धानमा सहभागी नहुने (अर्थात फरार नै रहने) संकेत गरेका हुन् । उनले कागजात फेरबदलमा सरकार र प्रहरी उच्च तह नै संलग्न रहेको आरोपसमेत लगाएका छन् । उनले यो वीचमा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कारवाही हुनुपर्ने बताएका छन् । किर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा सरकारले पुरस्कृत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...