Saturday, January 27, 2018

घर बनाउदै हुनुहुन्छ ? कम खर्चमा बलियो घर बनाउन यी ५ कुरा नभुल्नुस् !

नेपालजस्तो मुलुकमा पनि अहिले अपार्टमेन्टको संस्कृति निकै बढेको छ । तर, ०७२ बैशाख १२ गतेको भूकम्पपछि भने मानिसहरूको मनमा अपार्टमेन्टप्रति नकारात्मक असर परेको छ । आ-आफ्नो सानो घर बनाएर बस्ने सोच प्राय सबैको बनिसकेको छ । अपार्टमेन्टमा बस्ने तयारीमा रहेका मानिसहरू समेत अब सानो चिटिक्क परेको घर बनाएर बस्ने सोच बनाउन थालेका छन् ।
आफ्नै घर बनाएर बस्ने सोच बनाउने सबैलाई घर निर्माणसँग जोडिएका सबै कुराको जानकारी हुनु आवश्यक हुन्छ । आफैले घर बनाउदा आफूले चाहेजस्तो घर त निर्माण गर्न सकिन्छ तर, सही जानकारी नहुँदा आफूले चाहेको जस्तो भूकम्पप्रतिरोधी, आफूले चाहेको जस्तो डिजाइनमा घर तथा अन्य विभिन्न खालका सोचलाई पूर्ण रूपमा उक्त घरमा लागू गर्न सकिँदैन, भने घर बनाउँदा लाग्ने खर्च पनि आवश्यक भन्दा बढि नै हुने गर्छ ।
घर बनाउनुभन्दा पहिले केही यस्ता कुराहरू ध्यान दिनुपर्ने हुन्छ जसले घरको निर्माणलाई सहज र बलियो बनाओस् । थाहा पाऔ केही यस्ता विषयहरू :
जमिन खरिदः आफ्नै घर बनाउनका लागि सबै भन्दा पहिले जमिनको आवश्यकता पर्छ र जमिन किन्नुपर्ने हुन्छ । तर, आफूले घर बनाउनका लागि किन्ने जमिन कस्तो छ, आफूलाई कतिको पायक पर्छ भन्ने जानकारी हुनु आवश्यक हुन्छ । कुनै ठाऊँमा केहि सस्तो जमिन पाइयो भने हामी अन्य कुराहरुलाई विचार नै नगरी जग्गा किन्ने गर्छौ । तर, यसले भविष्यमा हामीलाई थप समस्यामा धकेल्ने काम गर्छ ।
घर निर्माण गर्नका लागि किन्ने जग्गाको बनोट, त्यहाँको माटो, अवस्थिति, सुविधाबारे राम्रोसँग जानकारी लिएर मात्र जग्गा किन्नु राम्रो हुन्छ । जग्गा किन्दा भूकम्पलाई कम गर्ने खालको माटो, र अवस्थितिका बारेमा पनि जानकारी लिनुपर्ने हुन्छ ।
घरको लागी आवश्यक सामानको अनुसन्धानः घर निर्माण सुरू गर्नुभन्दा पहिले सकेसम्म धेरै अध्ययन गर्नुपर्छ । घरको मूल्य, घर बनाउन प्रयोग गरिने सामग्री, घर बनाउने तरिका, घरको डिजाइन, इन्टेरियरसबैका बारेमा जानकारी हासिल गर्नुपर्छ । यस्तै, घर बनाउँदा लाग्ने सामानको मूल्य र गुणस्तरबारे जानकारी लिनु आवश्यक हुन्छ ।
नक्शा तयार गर्नेः घर निर्माणका क्रममा नक्शा आवश्यक हुन्छ । नक्शा बिनाको घर बनाउनु आफैका लागि जोखिम त हो नै साथमा यसले घर बनाउने क्रममा समेत निकै अफठ्यारो अवस्था सिर्जना गर्छ । यसकारण नक्शा निर्माण गर्ने क्रममा आर्किटेक्टसँग राम्रोसँग सल्लाह गरेर घरको डिजाइन अर्थात् नक्शा तयार पार्नु राम्रो हुनुको साथै व्ययभार पनि कम हुन्छ ।
ठेकेदारको चयनः घरको निर्माणका लागि सही र परिपक्क ठेकेदारको चयन गर्नु पनि अर्को चुनौती हो । घर निर्माणका क्रममा ठेकेदारले प्रोजेक्ट म्यानेजरको भूमिका खेलेको हुन्छ । उनीहरूसँग भएको क्षमता, उनीहरूले घर बनाउँदा लिने रकम सबैका विषयमा जानकारी लिएर मात्र घर बनाउने जिम्मा ठेकेदारलाई दिनुपर्छ । ठेकेदारले यसअघि बनाएका घरहरूको बारेमा पनि केही अध्ययन गरेर ठेकेदार छान्न सकिए घर निर्माण कार्य सहज र कम व्यय भारको हुने गर्छ ।
घर निर्माणका क्रममा आफै जुट्नेः हामीमध्ये धेरैले ठेकेदारको जिम्मामा आफ्नो घर निर्माणको काम छाड्ने गर्छौ । तर, यस्तो तरिका गलत हुन्छ । घर निर्माणका क्रममा आफैले अनुगमन गर्नुपर्ने हुन्छ । ठेकेदारले भनेअनुसार काम गरिरहेको छ या छैन्, कतिको गुणस्तरीय रूपले उक्त घरको निर्माण भइरहेको छ भन्ने बारे जानकारी लिनका लागि घर निर्माणको काममा आफै उपस्थित हुनु आवश्यक हुन्छ । यस्तै, आफूले नियमित रूपमा घरको रेखदेख गर्दा घर निर्माण सामग्री कम खेर जान्छ । कामदारको आफ्नो मनोमानीका कारण धेरै सामग्रीहरू खेर गइरहेको हुन्छ । यसलाई कम गर्न पनि आफैले घर निर्माणको अनुगमन गर्नु आवश्यक हुन्छ ।

1 comment:

  1. Casino Slots Casinos - MapYRO
    Play slot machine games 포항 출장안마 online at 남양주 출장마사지 MapYRO. 안산 출장샵 Casino Slot Machines. 동두천 출장샵 Find Slot Machines for FREE at MapYRO and enjoy the best slots 영천 출장샵 games online.

    ReplyDelete

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...