आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेको मृतकका आफन्तले शंका गरेपनि प्रहरीले हालसम्म अनुसन्धनका लागि कसैलाई नियन्त्रणमा नराखेको आफन्तले गुनासो गरेका छन् ।
खोटाङ फेदी–८ स्थायी ठेगना भई विगत १० वर्षदेखि सुनसरी इटहरी उपमहानगरपालिका शान्तिनगरमा परिवारसहित बसोबास गर्दै आइरहेकी ३८ वर्षीया मनकुमारी राई गत शुक्रबार अर्थात २६ गते बेलुकी ११ बजे कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
अन्दाजी ४ फिट उचाई भएको ठाउँमा सलले पासो लागेको अवस्थामा मृतक मनकुमारीलाई आफ्नै छोरा विवेक राईले देखेका थिए ।
विवेकले आफ्नी आमालाई मृत अवस्थामा भेट्नुअघि आमा र बुबाबीच झगडा भएको समेत आफ्नो मावली पक्षलाई फोनमा सुनाएका थिए ।
मृतकको शव हाल परिक्षणका लागि धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको आफन्तले जनाएका छन् ।
मृतकको शरीरभरी चोटैचोट र शंकास्पद तरीकाले खुट्टा टेकेर झुण्डिएको अवस्थामा भेटिएकी मनकुमारीको आत्महत्या नभएर उनको आफ्नै श्रीमानले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षको रहेको छ ।
मनकुमारीलाई शंकास्पद अवस्थामा मृत भेटिए पनि प्रहरीले उनको श्रीमान धनिराम राईलाई नियन्त्रणमा नलिएको भन्दै उन्का आफन्तहरुले गुनासो गरेका छन् ।
शरीरभरी चोटैचोट र निलडाम रहेको र प्रसस्त शंका गर्न सकिने प्रमाण रहँदारहँदै पनि प्रहरीले कसैलाई नियन्त्रणमा लिएर प्रभावकारी अनुसन्धान नगरेको भन्दै मृतकका भाई हर्कपाल राईले प्रहरी संयन्त्रप्रति आपत्ति जनाएका छन् ।
मृतकका आफन्तहरु खोटाङबाट आइनपुगेकाले किटानी जाहेरी भने दिन बाँकी रहेको बताइएको छ
No comments:
Post a Comment