Sunday, November 27, 2016

कञ्चन प्रकरणमा यही हो सत्य भन्दै छोरा सागरले दिए यस्तो स्पष्टिकरण





काठमाडौं, मंसिर १२- कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘सुमनसँग’को कार्यक्रमवाटै चर्चा र विरोध सुरुभएको कञ्चन शर्मा रेग्मी प्रकरण बारे उनको छोरो सागर रेग्मीले स्पष्टिकरण दिएका छन् । उनले समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आमाको कारण झुट्टो आरोपमा नै आफूहरु समाजमा अपमानित हुनु परेको भन्दै दुखः पोखेका छन् ।

उनले भनेका छन् –यो संसारमा कुनै न कुनै समस्या र पीडा नभएका मानिसहरु शायदै छन् होला । नीजी जीवनका पानाहरु पल्टाउदा सबैले आफूलाई कहीँ न कहीँ दुखी भेटाउछन् । सुख र आनन्दका क्षण पनि हुन्छन नै कलिलो मष्तिक भएको बाल्य जीवनमा घरायासी किचलोको पिरोलो भोग्न बाध्य म र मेरो दाजु आज पनि अनाहकमा अन्जान मानिसहरु द्वारा अपमानित हुनु पर्दा निकै दुखीत भएको छु ।

वास्तव मा हामीले के गल्ती गर्यौ र यतीधेरै मानिस हरुले हामीलाई गाली गरिरहेका छन् । के समाजका मानिसहरु यती एकोहोरो हुन मिल्छ ? घटना को बारेमा सबै कुरा नबुझी दिइने र दिइएका प्रतिक्रिया कसरी सहि हुन सक्छन ? भोग्ने भन्दा सुन्ने जान्ने हुन त सक्दैन होला नी ? मेरो पारिवारिक अवस्था का बारेमा बुझेका साथीहरुलाई त स्पष्टिकरण दिनु पर्ने छैन । सामाजिक संजालका प्रतिक्रिया हेर्दा घटना को वास्तविकता थाहा नपाउने हरु नै स्वघोषित न्यायाधिस भएर फैसला सुनाइ रहेको देखें । तीनै न्यायाधिसहरुले हामीलाई दोषी करार गरि रहेका छन् ।

हामीलाई कर्तव्यको पाठ सिकाई रहेका छन् । हामीमाथि गालीको वर्षा गरि रहेका छन । सबैको परिवार हुन्छ । परिवारमा केहि न केहि समस्या हुन्छन । विवेक बन्धकी राखेर जथाभावी गालीको वर्षा गर्नु अमानवीय कार्य हैन र ? हामी पनि मानिस हौँ र हाम्रो पनि मन, भावना र ममता छ । न त हामी कुन हिंश्रक जनावर हौँ न त पेशेवर अपराधी नै ।

कान्तिपुर टेलिभिजन मा प्रसारण भएको सुमनसँग नामक कार्यक्रम को मुख्य पात्र हाम्रो आम़ा कञ्चन रेग्मी शर्माको कुरा मैले पनि सुनें । कार्यक्रम प्रसारण भएको समयमा मेरो परीक्षा चलिरहेको थियो । कार्यक्रम प्रसारण भैसकेपछि मेरो शरीर र मष्तिक नै थला परे जस्तो भयो ।

हाम्रो परिवारमा आमाको अस्वाभाविक र अमर्यादित काम , क्रियाकलाप र व्यवहारका कारण दरार पैदा हुँदै विखण्डन भएको हामी दुवै दाजुभाइले देखेका छौं। दाई त अहिले सम्म सम्हालिन सक्नु भएको छैन ।

भविष्यको अनुमान लगाउन नसक्ने हामी अवोध बालकलाई आमा बुबाको माया र मार्गदर्शन को खाँचो भएको समय मा आमाले हामीलाई एक बचन नसोधी घर छोड्नु भयो । लामो समय सम्म पारिवारिक जिम्मेवारी बाट अलग्गिए पछि आमा र बुबाकोबीचमा अदालत को माध्यमबाट सम्बन्ध विच्छेद भयो ।

हाम्रो बुबाको काँधमा आमा र बुबा दुवै को जिम्मेवारी उठाउनु पर्ने भार पर्यो। बुबाको सहनशीलता,लगन, माया र ममताले अगाडी बढेऔं । आमाले घर छोडदामा १३ बर्ष को थिएँ र कक्षा ८ मा पढथें । आमाको लागि केहि नगरेको आरोप लगाउनेहरु लाई सोध्न चाहन्छु स मलाई आमाको माया र भरोसा आवश्यक थियो कि तिरष्कार र घृणा ?

पराइलाई आफन्त र आफन्तलाई पराइ ठान्ने काम त स्वयम् हाम्री आमा ले गर्नु भयो जस कारण हाम्रो परिवार एक हुन सकेन । हो हामी ले बुबा को पक्ष लियौ‌। बुबाको पक्ष किन लिएको भनेर तपाई हरु कसैले हामीलाई सोध्नु भयो रु बुबा र आमा को झगडामा बुबा सहि हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामीले बुबालाई साथ दियौं । आमाले गर्नु भएका अमर्यादित काम म सामाजिक संजाल म़ा ब्यक्त गर्न सक्दिन ।

अनि आमाका बनावटी कुरा सुनेर हामीमाथि अन्याय गर्ने अधिकार सामाजिक संजाल प्रयोगकर्तामा कहाँ बाट प्राप्त भयो रु यदि यो देश म़ा नियम कानुन छ र यो कानुनी राज्य हो भने हामीमाथि त्यसरी अन्यापूर्वक गालीको वर्षा गर्नेहरु माथि आवश्यक कानूनी कारबाहीगरि पाउन यसै बाट अनुरोध गर्दछु ।

सन्तानको लागि आमा र बुबा दुवै भगवान सरह हैनन रु के हामीले आमाले गरेका गल्तीको लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो रु आमा ले हामीलाई लगाउनु भएको आरोप टक्सन गाडीम़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा सुनेर सबै मानिस हामीमाथि जाइ लाग्नु भएको हैन ? हामी सँग टक्सन गाडी कहाँ छ ? मैले र दाईले मोटर साइकल चढ्छौँ, जस मध्ये मेरो लाइसेन्स समेत प्रमाणको रुपम़ा पेश गरेको छु ।

आम़ाको सम्बन्ध बिच्छेद बुबासँग भएको हो, अरु को साहाराम़ा बाँची रहेका आफ्नै छोराहरुमाथि एउटी आम़ाको यस्तो लान्छना किन ? आमालाई हामीले लत्याएका हैनौं , हामी आम़ाबाट लत्याइएका अभागी छोराहरु हौँ सत्य यही हो

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...