Tuesday, November 29, 2016

‘प्रचण्डज्यू, तपाई खलासी भए ड्राइभर को, नरेन्द्र मोदी हुन् ? -





काठमाडौं, १४ मंसिर । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खलासी प्रसंगबारे खरो टिप्पणी गरेका छन् ।

आइतबार साँझा बस उद्घाटन कार्यक्रममा प्रचण्डले आफूले देशमा अहिले खलासीको भूमिका निर्वाह गरिरहेको बताएका थिए । देशको ड्राइभर (प्रधानमन्त्री) पदमा आसिन प्रचण्डले खलासीको काम गरिरहेको बताएपछि उनमाथि विभिन्न खाले टिप्पणीहरु भइरहेका छन् ।

यसैसन्दर्भमा प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघका अध्यक्ष पहारीले उसो भए ड्राइभर को हो ? भन्दै प्रचण्डमाथि प्रश्न तेर्साएका छन् ।

उनले प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएदेखि खलासीको भुमिकामा रहेको कुरा व्यवहारले देखाइसकेको भन्दै अहिले आफैले प्रष्ट पारेको टिप्पणी गरे ।

‘ड्राइभर (भारत)ले जे जे भन्यो खलासीले त्यही गर्छ । प्रचण्डले पनि यस्तै गर्दै आएका छन्,’ सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गर्दै पहारीले भनेका छन्- ‘प्रधानमन्त्री प्रचण्ड ज्यु, हामीले तपाईंलाई ८ महिना मात्रका लागि भएपनि म्यादी ड्राइभर ठानेका थियौ तर तपाईं आफैंले आफूलाई म्यादी खलासी भन्नुभयो, त्यसोभए ड्राइभर को…? नरेन्द्र मोदी ?

यसै विषयमा दैनिक नेपालसँग पहारीले भनेः

प्रधानमन्त्री प्रचण्डले सरकारमा चार महिना विताएसक्नुभएको छ । हामी नेपाली जनताले प्रधानमन्त्री नेपालकै ड्राइभर होला भन्ने सोचेका थियौं । तर, प्रचण्डले खलासी हुँ भन्नुभयो । व्यवहार गतिविधिले त पहिला नै प्रष्ट पारिसकेकै थियो । उहाँको बोलीले त झन प्रष्टै पार्यो । चालक नरेन्द्र मोदी रहेछन् भन्ने प्रष्ट भयो । भारतको चाहनामा चलिरहेका छन् भन्ने बुझियो । प्रचण्डले प्रधानमन्त्री पदको मुकुण्डो मात्र ओडिरहेका छन् । प्रधानमन्त्री पद र अन्य सबै कुरा मोदीले चलाइरहेका छन् । खलासीले गाडी चलाउँदा दुर्घटना हुने स्वभाविकै हो । मंहगी, कालाबजारी, वैदेशिक हस्तक्षेप, संविधान संशोधनमा प्रभुको आदेश, मनपरी यो सबै खलासीले गाडी चलाउँदाको परिणाम हो । प्रचण्डसँग त लाइसेन्स नै छैन्, खलासीको लाइसेन्स पनि छैन् । चालक (भारत)ले जे भन्यो त्यही गर्ने । अब खलासीलाई गाडी चलाउन दिनुहुँदैन । नियम मिच्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्छ । नेपालमै निपूर्ण ड्राइभरलाई प्रधानमन्त्री बनाउनुपर्छ । जसले दुर्घटनाबाट बचाउनेछ ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...