Monday, November 28, 2016

भारतमै छिन् लुलिया, सलमानसँग अझै छ सम्बन्ध उस्तै

रोमानियाकी मोडल लुलिया वन्तुर र बलिउड नायक सलमान खानविच व्रेकअप भएको खबरले मिडियामा चर्चा पाइरहेको छ । लुलिया रोमानिया पुगेपछि उनले दिएको अन्र्तवार्ताले पनि यो कुराको संकेत गरेको थियो ।
सलमान र लुलियाविच बिहे नै हुने चर्चा चलिरहँदा यी दुइविच व्रेकअप भएको खबर सार्वजनिक भयो । भिसा सकिएपछि लुलिया रोमानिया पुगेकी थिइन् ।
तर, मिडियाको अड्कललाई गलत सावित गर्दै सलमान र लुलिया एकसाथ देखिएका छन् ।
सोमबार बेलुकी अमृता अरोरा खानले आयोजना गरेको पार्टीमा सलमान र लुलिया एकसाथ पुगेका छन् । उक्त पार्टीमा सलमानकी बुहारी मलाइका अरोरा खानका साथ अन्य बलिउड कलाकार पनि देखिए ।
सलमान र लुलिया एउटै गाडीमा पार्टीमा पुगेका थिए । नायक सैफअली खान पनि पार्टीमा पुगेका थिए । सलमान र लुलिया एउटै गाडीमा पार्टीमा पुग्नुले पनि उनीहरुको प्रेम सम्बन्ध अझै उस्तै छ भन्ने देखाएको छ ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...