पछिलो समय नेपाल बाहिर बसेर पनि नेपाली गीत संगीतको छेत्रमा अनबरत लाग्ने व्यक्तिहरु बढ्दै गएका छन् त्यहि मध्येको एक हुन् सुमधुर स्वरकी धनि गायिका ‘अबुन पाण्डे’ । गायिका पाण्डेले आफ्नै शब्दमा तथा स्वरमा ‘गोरेटो’ गीत को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन ।
भिडियोलाई अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न रमणीय स्थानमा अष्ट्रेलियन प्राबिधिकहरुद्वारा अत्याधुनिक ‘ड्रोन’ को प्रयोग गरि छायांकन गरिएको थियो । जसको निर्माणको क्रममा निर्देशक जीवन रसाइली सहितको टोलीले २/३ दिन लगातर मिहेनेत गरेका थिए ।पछिलो समय नेपालका चर्चित गायकहरुलाई आफ्नो संगीतमा गीत गाउन सफल संगीतकार टिका दाहालले यस गीतमा संगीत गरेका छन् भने निकै व्यस्त रहदै आउनु भएका मोडल ‘राजु कान’ले अभिनय गरेका छन् । कान अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ‘कुइन्स ल्याण्ड’ अष्ट्रेलियाका प्रमुख समेत हुन । उनलाई भर्खरै मात्र डेब्यु गरेकी नयाँ अनुहारकी मोडल ‘इरोमा श्रेष्ठ’ले साथ् दिएकी छिन ।‘गोरेटो’को निर्देशन अस्ट्रेलियामा आजकल अति ब्यस्त मानिने निर्देशक जीवन रसाइलीले गरेका हुन् ।
No comments:
Post a Comment