Tuesday, November 29, 2016
किन गरे राष्ट्रपतिको आग्रह ओलीले अस्वीकार
राष्ट्रपतिले निर्वाचन भएन भने सङ्कट पैदा हुने भन्दै मधेसी मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधन हुनुपर्ने धारणा राखेकी थिइन् । राष्ट्रपतिलाई सकारात्मक भूमिकामा पाएपछि प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहमत भइदिन ओलीलाई विशेष आग्रह गरेका थिए । तर, ओली ‘टसबाट मस’ भएनन् । ओलीले भने, ‘अहिले संविधान संशोधन होइन, कार्यान्वयनको आवश्यकता छ, राष्ट्र र राष्ट्रियतालाई असर गर्ने कुनै कार्य हुन नदिन एमाले प्रतिबद्ध छ ।’
ओलीका कुरा सुनेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘बरु लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे हामी सकारात्मक हुन सक्छौँ, ओलीजीले संविधान संशोधनमा सहमति जनाइदिनुपर्यो ।’ देउवाको आग्रहलाई पनि ओलीले टेरेनन् । त्यसअघि गत साता प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा पनि सभापति देउवाले लोकमानका विषयमा सोच्न सकिने भन्दै संशोधन प्रस्तावमा सहमत भइदिन आग्रह गर्दा ओलीले ‘लोकमानको विषयलाई संविधान संशोधनसँग जोड्न नहुने’ जवाफ फर्काएका थिए ।
रात्रिभोजको अवसरमा छलफल हुँदा ओलीले संशोधन प्रस्तावबारे पुरानै अडान कायम राखेपछि प्रधानमन्त्री प्रचण्डले ‘त्यसो भए हामी संविधान संशोधन प्रस्ताव दर्ता गर्छौं, संसद्मा छलफल गरौँ, तर संसद् अवरुद्ध तुल्याउने या सङ्घर्ष गर्ने काम नगरौँ’ भनी ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले प्रचण्डको सो आग्रहलाई पनि सकारात्मक रूपमा लिएनन् । उनले भने, ‘हामी संशोधन आवश्यक नरहेको ठान्छौँ, बलजफ्ती संशोधन प्रस्ताव दर्ता गरियो भने त्यसको विरुद्ध संसद्भित्र र सडकमा पनि विरोध गर्छौं, सङ्घर्षमा उत्रिन्छौँ
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment