Tuesday, November 29, 2016

फ्रेस लोकेशन र फ्रेण्डसिपको कथामा आधारीत फिल्म हो‘तँ म र ऊ’:निर्माण टिम

तीन जना मिल्ने साथीहरुको कथालाई पर्दामा प्रस्तुत गर्ने फिल्म ‘तँ म र ऊ’ यहि मंसिरको १७ गतेबाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फ्रेस लोकेशन र असल साथीत्वको भावनालाई प्राथमिकतामा राखिएको ‘तँ म र ऊ’फिल्मलाई लक्षु गौतमले निर्देशन गरेकी हुन् । फिल्मले लभस्टोरी र फ्रेण्डशिपको कुरालाई पर्दामा प्रस्तुत गर्ने निर्देशक गौतम बताउँछिन् । साथै, फिल्ममा बेग्लै किसिमको स्वादलाई पस्कन खोजिएको छ । ‘तँ म र ऊ’फिल्मको रिलीज्ड टाईटल गीत र ट्रेलरले पनि दर्शकहरुको राम्रो प्रतिकृृया पाईरहेको निर्देशक गौतम बताउँछिन् ।फिल्मको बारेमा बोल्दै निर्देशक गौतमले सबै नेपाली फिल्मलाई माया गरिदिन आग्रह गर्दै आउँदो शुक्रबार बाट हलहरुमा लाग्दै गरेको ‘ तँ म र ऊ’फिल्मलाई हेरेर प्रतिकृया दिन सबै दर्शकहरुलाई आग्रह पनि गरेकी छ्नि ।
फिल्मलाई श्रद्धा फिल्मस्को ब्यानरमा नवराज प्रसाईले निर्माण गरेका हुन् । फिल्मको कथा लीड कलाकार सुदिन प्रसाईले लेखेका हुन् । फिल्मको लीड कलाकार प्रसाईका अनुसार फिल्मको कथा पनि आफैले लेखेको हुनाले गर्दा राम्रो कथामा ‘तँ म र ऊ’फिल्म निर्माण भएको छ । समग्रमा फिल्म फ्रेण्डसिप स्टोरीमा निर्माण गरिएको पनि लीड कलाकार प्रसाई बताउँछन् । साथै, अभिनेता राज बल्लभ कोईरालालाई फिल्ममा खेलाउने सोचका साथ कथा लेखिए पनि पछि अडिशन दिँदा आफैले पनि सोही रोलमा अभिनय गर्न सक्षम देखिएको र सानै देखि कलाकारीतामा रुचि रहेको कारणले आफैले लीड रोलमा अभिनय गरेका पनि लडि कलाकार प्रसाई बताउँछन् ।त्यस्तै,‘तँ म र ऊ’फिल्मका लीड कलाकार प्रसाईले सोही फिल्म पछि आफ्नो लुक्स अनुसार दुई वटा भोजपुरी फिल्ममा पनि काम गरिसकेका छन् । उनले अबको समयमा भोजपुरी फिल्म भन्दा पनि नेपाली फिल्म क्षेत्रमैै जम्ने सोच रहेको कुरा पनि उनले सेयर गरे ।
फिल्मको सुटिङको बारेमा कुरा गर्दै कलाकार प्रसाईले ‘तँ म र ऊ’ फिल्मको दर्शकबाट आउने प्रतिकृयालाई आत्मासाथ गर्दै अघि बढ्ने पनि उने बताए । फिल्मको गीत संगीतलाई शिब परियार र आमेश भण्डारीले संगीत संयोजन गरेका हुन् । फिल्ममा नीता ढुङगाना, आमेश भण्डारी र सुदिन प्रसाईले लीड रोलमा अभिनय गरेका छन् ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...