Monday, November 14, 2016

कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले केपी ओली र विद्या भण्डारीले उपचार खर्च लिँदा हुने सुजाताले किन नहुने भन्ने प्रश्न





कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले केपी ओली र विद्या भण्डारीले उपचार खर्च लिँदा हुने सुजाताले किन नहुने भन्ने प्रश्न गरेका छन् ।



‘केपी ओली, विद्या भण्डारी, पूर्वराष्ट्रपति सबैले उपचार खर्च लिएका छन्,’ थपलियाको भनाई उधृत गर्दै आजको नयाँपत्रिका दैनिकले लेखेको छ-‘सबैले लिँदा हल्ला भएन, हामीले लिँदामात्रै हल्ला भयो ।’



नयाँपत्रिका दैनिकका अनुसार स्तन क्यान्सर भएकी सुजाता उपचारका लागि सिंगापुरतिर लागेकी छिन् ।

कसले कति उपचार खर्च लिए ?

त्यसैगरी आजको नयाँपत्रिकाले कुन नेताले कति उपचार खर्च लिए भन्ने विवरणसमेत छापेको छ । जसमा उपचारखर्च लिने नेताहरुको यस्तो सूची दिइएको छ-

पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला- १ करोड ६२ लाख

एमाले अध्यक्ष केपी ओली- १ करोड २६ लाख

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह- ८० लाख

पूर्वराष्ट्रपति रामवरण यादव- ६० लाख

कांग्रेस नेता चक्र बास्तोला -५० लाख

माओवादी नेता नारायणकाजी श्रेष्ठ- ३८ लाख

पूर्वप्रधानमन्त्री तुलसी गिरी- २५ लाख

कांग्रेस नेता गोविन्दराज जोशी- २० लाख

कांग्रेस नेता खुमबहादुर खड्का -२० लाख

पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधान -१३ लाख

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...