Sunday, November 13, 2016

३० लाख अप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा




वासिङटन–अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट करिब ३० लाख आप्रवासीलाई देश निकाला गरिने बताएका छन्। अमेरिक राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक सिविएस समाचार संस्थालाई अन्र्तवार्ता दिने क्रममा ट्रम्पले अमेरिकमा रहेका ३० लाख आप्रावासीलाई ‘डिपोटेशन’ गर्ने बताएका हुन्।

ट्रम्पले भने, ‘ मैले मेरो निर्वाचन अभियानमा भनेको जस्तो अमेरिकाबाट आपाराधिक पृष्ठभूमि भएका ३० लाख आप्रावासिलाई अमेरिकाबाट निकालिने छ अथवा जेलमा हालिने छ।’
उनले अमेरिकामा रहेका लागू औषध कारोबारी, आतंककारी र अन्य आपराधिक क्रियाकलापमा संलग्न रहेका अवैधानिक आप्रवासीलाई निकालिने बताएका हुन्।
अमेरिकामा करिब १ करोड १० लाख आप्रवासी रहेको र उनीहरु मध्ये करिब २० देखि ३० लाख आप्रवासी अपराधिक पृष्ठका भएको अमुमान गरिएको छ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...