Friday, November 18, 2016

चितवन प्रशासनद्वारा जिबन, जोया र पत्रकार महेस रानालाई गिरफ्तार ! नेपाल मगर संघद्वारा आपत्ति (विज्ञप्ती सहित)




४ मंसिर । जीवन र जोया फिलिपिन्सबाट फर्किए संगै गत मंसिर १ गतेका दिन बिबाह दर्ताका लागि चितवन गएर अदालतमा प्रक्रिया भई रहेको अवस्थामा छानबीन समितिका सदस्य/पत्रकार महेश सहित जीवन र जोयालाई चितवन प्रशासनले आज गिरफ्तार गरेको छ । चितवन प्रशासनको यस लज्जास्पद कार्य प्रति घोर आपत्ति जनाउदै बिनासर्त तुरन्त रिहा गर्न नेपाल मगर संघले जोडदार माग गरेको र बिना सर्त रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको विज्ञप्तीमा उल्लेख छ ।

मिना खरेलको ठाडो निर्देशनमा चितवान प्रहरी द्वारा आज फेरि जिबन, जोया , र महेस रानालाई गिरफ्तार गरिएको बताइएको छ । यस घटना बारे नेपाल मगर संघको प्रेस बिज्ञाप्ती जारी गर्दै बिना सर्त रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

नेपाल मगर संघको प्रेश विज्ञप्ती :-

नेपाल र नेपालीको शीर निहुरीने खालको जीवन र जोया काण्डको सत्य तथ्य घटना बाहिर ल्याउन नेपाल मगर संघ केन्द्रीय समितिव्दारा छानवीन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरी सकेको छ।

नेपाल मगर संघ लगायतका व्यक्ति व्यक्तित्वहरूको पहलकदमीमा जोयालाई नेपाल फिर्ता गर्न देश सफल भएको छ।फेरी जीवन र जोया मंसिर १ गतेका दिन बिबाह दर्ताका लागि चितवन गएर अदालतमा प्रक्रिया भई रहेको अवस्थामा छानबीन समितिका सदस्य वा पत्रकार लगायतलाई जीवन र जोया काण्डमा बिरोध गरेको भनी चितवन प्रशासनले गिरफ्तार गरेकोमा घोर आपत्ति जनाउदै बिनासर्त तुरन्त रिहा गर्न जोडदार माग गर्दछौं।

यदि कुनै पनि बहानामा रिहा नगरे नेपाल मगर संघ ,नेपाल देश र नेपाली स्वाभिमान रक्षा गर्न चाहने जनताहरु आन्दोलन गर्न बाध्य हुनेछ।जसबाट निस्कने कुनै पनि परिणाम चितवन प्रशासन,आदर्श नारी संस्था र राज्य हुनु पर्नेछ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...