मृत्यु हुने दिनको बिहानसम्म उनको अवस्था सामान्य रहेको उनकी आमाले जानकारी दिइन् ।
उनको शल्यक्रिया गर्ने डा राजागोपालन कृष्णान उनको अचानक मृत्यु भएको सुनेपछि चकित परेका छन् । उनको छातीको मांसपेशी निकै कमजोर भएकाले उनको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरे ।
डा. कृष्णानले भने, ‘शल्यक्रियापश्चात् जब उनको टाउको झुण्डिन छोड्यो, तब मैले उनको अनुहारमा जुन मस्कान देखेको थिएँ त्यसले मलाई निकै प्रफुल्लित बनाएको थियो । ’
‘मलाई विश्वास छ उनको मृत्युले उनलाई माया गर्ने र उपचारमा संलग्न सबैलाई मर्माहित बनाउने छ । शल्यक्रिया पछि उनको अनुहारमा छाएको मुस्कान सूर्यभन्दा तेजिलो थियो,’ उनले भने ।
‘त्यसपछि उनले मलाई उनको छातीमा मालिस गरिदिन आग्रह गरे । उनले तेस्रो पटक खोक्ने प्रयास गरे तर सकेनन् । लगत्तै उनको मृत्यु भयो । छोरा चलेको छैन भनी म चिच्याएँ । मेरा छिमेकीले डाक्टरलाई बोलाएछन् । १५ मिनेटपछि आएको डाक्टरले उनलाई मृत घोषणा गरिदिए । म भुइँमा लडे र उनलाई बस्सरी अँगालो हालें । मैले उनलाई छोड्न सकिरहेको थिइनँ ।’
No comments:
Post a Comment