Wednesday, November 9, 2016

‘उमेर पुगेका, दुबैको राजीखुशीमा एउटा होटल, लज, गेष्ट हाउसको बन्द कोठामा जोडीले सेक्स गर्नु अपराध नै हो त?

भृकुटीमण्डपको खुला स्थानमा घाम ताप्दै चियाको चुस्की लिइरहेको थिए । मेरा कान मेरो नजिकै बसेका केही युवाका गफ सुनेर चनाखा बने । साँच्चै हल्का हाँसोमजा गरिरहेको जस्तो गर्दै गरेको युवाका कुरा भने निकै गम्भीर थिए । एकजना युवा आफ्नो पीडा पोख्दै थिए, ‘के गर्नु गर्लफेण्ड पनि तयार छ सेक्सका लागि, दुवैका घरमा परिवार छन् मिल्दैन, होटल जाउँ पुलिसले समातेर बेइज्जत हुन्छ, चौरमै मिलेन । के अब सेक्स गर्ने इच्छा पूरा नहुने नै हो त ?,’ यो भयो गर्लफ्रेण्डसमेत भएका दुबै सेक्सका लागि तयार जोडीका कुरा । अर्का एक साथी छन्, जसले केही वर्षयता आफ्नो भर्जिनिटी ब्रेक गर्न प्रयास गरिरहेका छन् । तर, उनको पनि पीडा उस्तै छ ‘घरमा मिल्दैन, होटलमा जाउँ पुलिसको डर,’ ३० को वयमा हिडिरहेका उनी विवाहभन्दा अघि आफ्नो कुमारत्व गुमाउने अभियानमै छन् । जसका लागि उनीसँग पार्टनरको कमी पनि होइन । उनीसँग मास्र्टस अध्ययन गर्ने एकजना केटीपनि उनकै पीडा बोकेर उनैलाई पर्खिरहेकी छन् । त्यस्तै, काठमाडौंमा र नेपालका धेरै शहरमा यस्ता पीडा बोकेर बाँचिरहेका युवाहरुको हजारौं गुनासो सुन्न सकिन्छ । एकदिन यही विषयमा एउटा साथीसँग केही बहस भयो । बहसको विषय यही थियो कि ‘उमेर पुगेका, दुबैको राजीखुशीमा एउटा होटल, लज, गेष्ट हाउसको बन्द कोठामा जोडीले सेक्स गर्नु अपराध नै हो त?’ त्यसमा केही साथीले समाजिक मान्यता, नैतिक चरित्र तथा यौन विकृतीको हवाला दिएर त्यस्तो कार्यलाई गलत ठहर्याए भने केहीले भने अहिलेको खुला समाजमा सेक्सलाई सहज रुपमा अपनाउनुपर्ने र मन मिलेमा जोडीले सेक्स गर्नु अपराध नभएको बताए । बहसको विषय शुरु हुनुमा त्यतिबेला राजधानी शहरका विभिन्न स्थानमा प्रहरीले छापा मारेर धेरै जोडीहरुलाई रंगेहात समातेको थियो । त्यसमा धेरैजसो सेक्सको भोक लागेका कलेज पढ्ने युवा–युवती, केही यौनकर्मी र केही त पति–पत्नीसमेत प्रहरीले समातेको थियो । पछि पति–पत्नीलाई चाहिं गल्तीवस पक्राउ गरिएका खबर आए । तर, प्रहरीले छापा मार्ने क्रममा टीभी पत्रकारलाई पनि सँगै लाने गरेकाले बिचरा पती–पत्नीसमेत भिडियोमा आए । सामाजिक बद्नामीले अहिले पति–पत्नीसमेत होटलमा रात बिताउन नसक्ने स्थिति छ । प्रहरीले बेलाबेला देशका विभिन्न शहरमा वेश्यावृत्ति न्यूनीकरणका लागि भन्दै छापा मारेर केही जोडीको फोटो खिचेर पत्रिकामा छपाउँछ र काम गरेको देखाउँछ । तर, देशमा वेश्यावृत्ति भने दिनदिनै बढ्दो छ । गाँस, बास र कपाससँगै सेक्सलाई जीवनको चौथो आवश्यकताको रुपमा व्याख्या हुन थालेको वर्तमान समयमा भने नेपाली युवाहरु सेक्सलाई सगरमाथा चढनु भन्दा गाह्रो विषयका रुपमा बुझिरहेका छन् । यसमा सरकारी रवैया प्रमुख रुपमा जिम्मेवार छ । यसका कारण नै आज भुसको आगो झैं वेश्यावृत्ति मौलाएको छ र लाखौंले यसलाई व्यवसायका रुपमा अपनाएका छन् । सहज बाटोहरु बन्द भएपछि मानिसले गलत बाटोहरु खोज्छ भने झै भएको छ युवाहरुमा अहिले । त्यसैले सरकारले उमेर पुगेर, मन मिलेर सहमतिमा कसैले कुनै होटलमा रात बिताउँछ भने ढोका ढक्ढक्याएर बेइज्जत गर्दैमा कुनै उपलब्धि हासिल हुँदैन । सरकारले त सुरक्षित यौनका लागि सन्देस प्रवाह गर्ने, चेलीबेटी बेचविखन रोक्ने, बलात्कारलाई निमिट्यान्न पार्ने र कसैले कसैमाथि यौन शोषण गरेको छ भने कारवाही गर्ने हो । रोजगारीको अभावमा जीवन धान्न केही लाख महिला अहिले नेपालमा वेश्यावृत्तिमा लागेका छन् । त्यसको उचित विकल्प र व्यवस्थापन कसरी हुन्छ भनेर सरकारले त योजना बनाउने हो । यहाँनेर एउटा प्रसँग जोडौं– एकपटक प्रहरीले वेश्यावृत्तिको आरोपमा एउटी महिलालाई १२ औं पटक पक्राउ गर्यो । हनुमानढोका स्थित प्रहरी कार्यालयमा वेश्यावृत्तिको अरोपमा रंगेहात समातिएकी उनको अनुहारमा मैले गलत काम गरिहेकी छु भन्ने कुनै ग्लानि र पश्चाताप थिएन । त्यो देखेर एउटी महिला प्रहरी अधिकृतले उनलाई भनिन–‘तिमि किन यस्तो गलत काम गर्छयौं ?’ महिलाले अहिले गम्भीर बनेर उत्तर दिइन–‘हेर्नुस, वेश्यावृत्ति मेरो रहरै त होइन । तर, मैले जानेको र सजिलो, धेरै कमाइ हुने काम यही हो । मेरो ठूलो परिवार गाउँमा छ । जसका लागि मैले यहाँबाट पैसा पठाउनुपर्छ । त्यसैले यो पेशा म छाड्न सक्दिन । अनि अर्को कुरा नेताले देश बेच्छन, जनता रुवाउँछन । तपाईहरु पनि घुसमा बिक्नुहुन्छ, कतिलाई सताउनुहुन्छ । हामी त ग्राहकलाई खुशीमात्रै बाँड्छौं । हाम्रो काम चाहिं किन गलत ?’ शायदै ति महिला प्रहरी अधिकृतसँग त्यसको कुनै उत्तर थियो, उनी चुपचाप भइन । ती यौनकर्मी महिला धेरैजसो प्रहरीको छापा मार्नेक्रममा भेटिन्छिन, पक्राउ पर्छिन र साजाय भोगेर फेरि आफ्नै पेशामा फर्किन्छिन । यसमा एउटा उदाहरण फिलिपिन्सको हेर्दा पनि हुन्छ । फिलिपिन्समा पनि नेपालमा जस्तै वेश्यावृत्ति गैर–कानूनी छ । तर, त्यहाँको अर्थतन्त्रको सबैभन्दा बलियो आधार नै वेश्यावृत्ति हो । अहिले फिलिपिन्समा करीब ५० लाख बेश्याहरु छन् र सरकार वेश्यावृत्ति नियन्त्रणमा पुरै फेल भएको छ । विश्वका लाखौं पर्यटकका लागि फिलिपिन्स सेक्स टुरिजमका लागि लोकप्रिय बनेको छ । नेपालमा पनि अहिले धेरै पर्यटकहरु सेकसका लागि नै आउने गर।ेका तथ्यहरु खुलिरहेका छन् । भारत, दुबईदेखि अफ्रिकासम्म नेपाली युवतीहरु वेश्यावृत्तिमा संलग्न भएका तथ्यहरु खुलिरहेका छन् । हजारौं नेपाली युवतीहरु यही जालोमा परेर बिदेशमा लुटिइहरेका छन् । त्यसैले सरकारले अब यौन व्यवसाय गरेर जीवन चलाउन चाहने नेपाली युवतीका लागि देशमै विशेष क्षेत्रको व्यवस्था गर्नु निकै जरुरी भइसकेको छ । त्यसले एक त नेपाली युवती वेश्यावृत्ति गरेर पैसा कमाउन बिदेश जाने र लुटिने क्रम रोकिन्छ, सुरक्षित यौन बजारको विकास हुन्छ, राज्यलाई कर पनि प्राप्त हुन्छ र युवाहरु पनि आफ्नो दमित यौनइच्छा बोकेर हिडनुपर्ने बाध्यताबाट मुक्त हुँदै देशका लागि नयाँ श्रृजना गर्न सक्ने हुनेछन । बन्द होटल, गेष्ट हाउस र लजका ढोका ढक्ढकयाएर कहिलेसम्म आफ्नै दशेका नागरिकको बेइज्जत गरिरहने हो सरकार ? -

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...