Monday, November 14, 2016

आफूलाई शाहरुख जस्तो बताउने पाकिस्तानी ‘चायवाला’ लाई किंग खानको यस्तो जवाफ



२९,कार्तिक ( एजेन्सी)– निलो आँखा भएका पाकिस्तानका चिया बेच्ने व्यक्ति ‘चायवाला’ रातारात सेन्सेसन बनेपछि उनले थुप्रै ब्रान्डको मोडलिङ गरिरहेका छन् । इन्टरनेटमा एक्कासी स्टार बनेका उनी पुनः चर्चामा आएका छन् । यसपटक उनी चर्चामा आउनुको कारण बलिउडका किंग खान भनिने शाहरुख खान हुन् ।

चर्चामा आएलगत्तै अर्सद खानले आफू शाहरुख खानजस्तो देखिने बताएका थिए । अर्सदको यस्तो भनाईमा शाहरुख खानले जवाफ पनि दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘ओहो, कस्तो राम्रो । सुन्दरता सरलतामा लुकेको हुन्छ ।’


जब इस्लामावादका फोटोग्राफर जाभेरिया अलीले पहिलो पटक यी पाकिस्तानी चिया बेच्ने व्यक्तिको फोटो क्लिक गरे तब उनले कहिले पनि सोचेका थिएनन् कि उनी एकदिन स्टार बन्नेछन् । इस्लामावादको सन्डे बनारमा काम गर्ने अर्सद खान फोटोग्राफर जाभेरियाको एक इन्स्टाग्राम पोष्टले रातारात इन्टरनेट सेलिब्रिटी बनेका थिए ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...