काठमाडौं– सरकारको १ दिन पुगेको अवसरमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले गरेका कामका विवरणहरु सुनाइरहेका थिए । प्रधानमन्त्रीको भनाई सकिएपछि पत्रकारहरुसँग अन्र्तक्रिया शुरु भयो । एकजना पत्रकारले प्रश्न गरे–सामाजिक सञ्जालहरुमा सर्वसाधारणको सरकारप्रति यस्ता–यस्ता गुनासो छन् ?
जवाफमा प्रधानमन्त्री प्रचण्डले समाजिक संजालमा आएका सकारात्मक टिप्पणी तथा जिम्मेवार ढंगले उठेका गुनासोहरुलाई सरकारले सम्मान गर्ने बताँउदै सामाजिक सञ्जालमा गैह्रजिम्मेवार समूह हावी हुँदै गएको बताए ।
उनले समाजिक सञ्जालको दूरुपयोग हुने खतरा बढेको प्रति सरकार अत्यन्तै संवेदनशील रहेको बताए ।
उनले भने– ‘तपाई पत्रकार साथीहरु जो पत्रकारको लाइसेन्स लिनुभएको छ, पत्रकारको एउटा हैसियत बनाउनुभएको छ, राष्ट्रप्रति, जनताप्रति, सबैप्रति जिम्मेवार हुनुभएको छ । तपाईका आफ्ना धारणा हुन्छन्, टिप्पणी हुन्छन्, आलोचना हुन्छन्, तपाईहरुलाई समाउन पनि सकिन्छ, छलफल गर्न पनि सकिन्छ, तर अहिले फेसबुक र सोसियल मिडिया यस्तो भयो कि असाध्यै गैह्रजिम्मेवार मान्छे, कुनै हैसियत नभएको मान्छे, कुनै जिम्मेवारी नै नभएकोले पनि गलत टिप्पणी गर्ने र त्यो भाइरल हुने खतरा पैदा भएको छ, यसलाई के गरी ब्यवस्थित पार्ने यो रियल जर्नालिष्टका लागि पनि चासोको बिषय हो भन्ने लागेको छ मलाई ।’
यसमा पत्रकारहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले पत्रकारले उठाएको कुरा भन्दा पनि कुनै कुुनामा बसेको मान्छेले गलत टिप्पणी गर्दा भाइरल भएर जाने र मान्छे त्यसैको पछि कुद्ने अवस्था पैदा भएको बताँउदै यसलाई ब्यवस्थित गर्न पत्रकारले पनि चिन्ता गर्नुपर्ने र सरकारलाई सुझाव दिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्रीले पत्रकारको हैसियत बाहिरबाट गलत टिप्पणी हुने गरेको र त्यही कुरा भाइरल हुँदा पत्रकारलाई पनि समस्या पर्ने उल्लेख गरेका थिए । प्रधानमन्त्रीको सोही भनाई पछि यतिबेला फेसबुक तथा ट्वीटरमा हैसियत शीर्षकमा ट्रेन्डिङ चलेको छ ।
हैसियत शीर्षको ट्रृन्डिङका साथ प्रधानमन्त्रीको आलोचना समेत भइरहेको छ । तर, कैयौ यस्ता पोष्ट छन्, जो सभ्य समाजले स्वीकार गर्न सक्दैन । साइवर अपराधमा बेला–बेला केही व्यक्ति प्रहरीको फन्दामा पर्छन । तर, उजुरी नभएका कैयौँ यस्ता सामग्रीमा प्रहरीले नि चासो दिएको हुँदैन ।
सामाजिक संञ्जाल ट्वीटर-फेसबुकमा गरिमा राना लेख्छिन्–
आफ्नो हैसियत दोस्रो संविधानसभाको चुनावमा देख्नुभएकै होला ।
हाम्रो हैसियत देखाई दिनु भएकोमा भने धन्यवाद दिन चाहन्छौं ।
उही हैसियत बिहिन
सकेसम्म कम्तिमा तिनवटी बुढी भित्र्याउ !
प्रचन्नको अगाडि आफ्नो हैसियत बनाउ !!
म पनि सञ्चारकर्मी भएको र सामाजिक सञ्जालहरुमा पनि सक्रिय भएको नाताले लेख्न मन लाग्यो । हुन त हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले समेत पत्रकारहरुका बीचमा भन्नुभएको थियो कि– यो सामाजिक सञ्जालहरुमा नराम्रा कुराहरु भाइरल भए, यीनलाई रोक्न के गर्नुपर्ला ?’ उहाँले सुझाव माग्नुभएको भोलिपत्टै फेरी एउटा समाचार भाइरल बनेको देखियो, विभिन्न ब्लगहरमा एमालेका सचिव गोकर्ण विष्ट बारेमा । विष्टले एमाले परित्याग गरेको र कुनै एउटा पार्टीमा प्रवेश गरेको भन्ने समाचार आयो । मीनेन्द्र रिजाल सञ्चार मन्त्री हँदा र शेरधन राई सञ्चारमन्त्री हुँदा पनि अनलाई मिडिया र सामाजिक सञ्जालमा जथाभावि खेलीएका विषयबारे नियन्त्रण गर्न कानुन बन्न सकेन, अहिलेका सञ्चारमन्त्रीको पनि पहल देखिदैन । यदि यस्तै छाडातन्त्र कायम रहने हो भने यस्ता ब्लगेहरुले देशकै बेइज्यत गर्न बेर छैन । बेलैमा सबै सरोकारवाला निकाय सचेत होउन् ।
समाजिक सञ्जालमा हरेक दिन अनलाइन न्यूजसाइट जस्तै देखिने ब्लगस्पट र नक्कली फेसबुक आइडीबाट झुटा समाचार सामाजिक सञ्जालमा फैलिरहेको छ । संभवत प्रधानमन्त्री प्रचण्डले यसलाई संकेत गर्दै वास्तविक पत्रकारलाई पनि चुनौति थपिएको बताएका थिए । उनले वास्तविक पत्रकार भन्दा पनि कुनै हैसियत नभएकाहरुले गलत कुरा फेसबुकमा भाइरल गराउने उल्लेख गरेका थिए ।
हेर्नुहोस केही नमुना :
नमुना नंबर १ : प्रचण्डको मृत्यु
नेपाल अनलाईन न्यूज ब्लगस्पट डटकमको लिंकबाट सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डको फोटोसहित मृत्युको समाचार भाइरल भइरहेको छ । प्रधानमन्त्रीसँग जोडिएको यस्तो विषयमा मानिसहरुले ‘मजाक’ गरिरहेका छन् ।
काठमाडौ खबर ब्लगस्पट डटकमबाट एमालेका यूवा नेता गोकर्ण बिष्ट ४ सय ५० नेता कार्यकर्तासहित माओबादी केन्द्रमा प्रवेश गर्न लागेको समाचार भाइरहल भइरहेको छ ।
जनगणतान्त्रिक डट कमबाट रित्तिदै माओबादी केन्द्रको सात नंबार प्रदेशः लेखराज भट्ट सहित ठूलो समूह एमालेमा प्रवेश गर्दै शीर्षकको समाचार भाइरल भइरहेको छ ।
अल नेपाल टुडे डटकमबाट समाचार पोष्ट फेसबुकमा शेयर गर्नेलाई सित्तैमा केवलकार चढाइने समाचार भाइरल भइरहेको छ ।
थप नमुना
कानुनमा के छ ?
१) गाली बेइज्जती ऐन २०१६ अनुसार कुनै ब्यक्तिबिरुद्ध कसैले बोली, संकेत, लिपि वा कुनै पनि माध्यमबाट कुनै ब्यक्तिको चरित्रलाई दोष लगाउने, गाली बेइज्जती कसूर गरेमा निजलाई पाँचहजार रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैदको सजाय हुने ब्यवस्था छ ।
२) विद्युतीय अपराध ऐन २०६३ अनुसार बिद्युतिय प्रविधीको दुरुपयोग गरी कसैको मानसम्मानमा हानी गरेमा विद्युतीय ऐन २०६३ अनुसार कारबाही हुन्छ । कम्प्युटर, दुरदर्शन, सूचना प्रविधीका सामग्रीको दुरुपयोग गर्दै अपराधमा संलग्नलाई बिद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही हुन्छ । यो ऐनअनुसार एक लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान छ ।
असाध्यै तल्लोस्तरमा उत्रेर सामाजिक संजालको दुरुपयोग कति ठीक ? बहसको विषय त बन्यो नै ।
No comments:
Post a Comment