काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने भएको छ ।स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई बताए ।
स्मार्ट मिटरिङ लागू भएपछि टेलिकमका उपभाक्ताले जसरी पैसा तिरेपछि टेलिफोन सेवा पाउँछन्, त्यसरीनै विद्युत प्राधिकरणका उपभोक्ताले पनि पैसा तिरेको पैसाको मात्रै विद्युत उपयोग गर्न पाउने घिसिङले बताए । सिस्टमको सञ्चारका लागि टेलिकमसँग कुरा गर्ने तयारी भइरहेको उनले जानकारी दिए । अहिले प्राधिकरणका हजारौं कर्मचारीहरु बिजुलीको बिल लिएर ३० लाख ग्राहकको घर-घरमा जाँदै आएका छन् । यो व्यवस्था निकै झन्झटिलो र खर्चिलो छ ।
के हो स्मार्ट मिटरिङ ?
स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा टु वे कम्यूनेकेशन अर्थात दोहोर सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकरणको केन्दि्रय सिस्टमले पलपल त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले विल तिरेको नतिरेको पनि छिनको छिनमै प्राधिकरणको केन्दि्रय प्रणालीलाई थाहा हुन्छ ।डिभाइसमा जडान गरिएको सिस्टममै उपभोक्ताले रिचार्जकार्डमार्फत रिचार्ज गरेर विजुलीको खपत गर्न सक्ने घिसिङले बताए । अनलाइन खबरबाट
.
No comments:
Post a Comment