Friday, November 11, 2016

​सिद्धार्थ बैंकको खाताबाट २४ लाख हरायो, म्यानेजर घेराबन्दीमा






जनकपुर, कात्तिक २६ – सिद्धार्थ बैंकको खाताबाट २४ लाख रुपैयाँ हराएको छ । धरानका तेजस्वी अटो अतुल टेम्पुको सव डिलरका सम्राट श्रेष्ठले धरानकै सिद्धार्थ बैंकको खाताबाट बिहीबार जनकपुरको बाबा सेल्स सप्लायर्सको खातामा २४ लाख रुपैयाँ जम्मा गरेका थिए । बाबा सप्लायर्सको जनकपुरको खाता नम्बर ०२०१०३९००४ मा हिजो बिहीबार धरानबाट २४ लाख रुपैयाँ जम्मा गरिएको थियो । सप्लायर्सका प्रोप्राइटर विष्णुदेव शाहका अनुसार त्यति बेला जनकपुर सिद्धार्थ बैंक शाखाका म्यानेजर अखलेश यादवलाई फोन गरेर सोध्दा उहाँले खातामा रकम जम्मा भइसकेको बताउनु भएको थियो । तर आज शुक्रबार खाताबाट रकम झिक्न जाँदा खातामा पैसा नभएको शाहले गुनासो गर्नु भयो । उहाँले बैंकले गम्भीर लापरबाही गर्ने गरेको बताउँदै जुन सुकै हालतमा आफ्नो रकम पाउनु पर्ने र म्यानेजरलाई कारबाही हुनु पर्ने माग गर्नुभयो । खाताबाट रकम गायब भएपछि जनकपुरको मिल्स एरियामा रहेको सिद्धार्थ बैंक शाखामा शाहका आफन्तहरुले घेराबन्दी गरेका छन् । उनीहरुले बैंक शाखाका म्यानेजर यादवलाई कार्यकक्षमै घेराबन्दी गर्दै रकम के कति कारणले कहाँ गायब भयो त्यसको जिम्मेबारी लिनु पर्ने बताएका छन् । बैंकका शाखा म्यानेजर अखलेश यादवले बिहीबार खातामा रकम जम्मा भएको तर शुक्रबार खातामा रकम नदेखिएपछि बैंकको हेडअफिसमा कम्प्लेन गरी खोजविन गरिरहेको बताउनुभयो । उहाँले यस्तो घटना कहिल्यै पनि नभएकोसमेत बताउनुभयो

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...