Saturday, November 26, 2016

संविधान संशोधनको विपक्षमा मत हाल्नेलाई सेक्स अफर



मधेसका माग सम्बोधनका लागि भन्दै संविधान संशोधनको चर्चाले नेपाल अहिले तातेको छ । सत्तारुढ दल समर्थन जुटाउनमा कसरत गरिरहेका छन् भने विपक्षी दल राजनीतिक र कानूनी लडाइँको तयारीमा जुटेका छन् ।

यसै सन्दर्भमा इटालीमा पनि संविधान संशोधनकै विषय चर्चामा आएको छ । त्यहाँ संसदका विभिन्न अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्नका लागि संविधान संशोधनको तयारी छ । यसका लागि जनमत संग्रह हुँदैछ ।

संविधानको संशोधनको विषयमा यति बेला इटालीमा पनि नेपालजस्तै पक्ष र विपक्ष देखिएका छन् । जसमा एक अभिनेत्रीले त विरोधमा उत्रिदै सेक्सको प्रस्ताव समेत ल्याएकी छन् ।

बेलायती पत्रिका द सनका अनुसार अमेरिकाको लस एन्जलस बस्दै आएकी २७ वर्षकी पाओला साउलिनोले संविधान संशोधनका लागि डिसेम्बर ४ मा हुने जनमतसंग्रहमा ‘नो’ भोट अर्थात विपक्षमा मत हाल्नेहरुसँग यौनसम्बन्ध राख्ने अफर ल्याएकी हुन् । ‘नो’ भोट गर्नेहरु सबैसँग जनमतसंग्रह भइसकेपछि सेक्स गर्न दिने उनको वाचा छ ।

संविधान संशोधन गर्न नहुने पक्षमा रहेकी इटालियन मोडल पाओला सामाजिक सञ्जालमा न्यूड फोटो अपलोड गरेर पाओला चर्चामा आउँछिन् । ६ करोड जनसंख्या रहेको इटालीमा ‘नो’ भोट गर्ने सबैले पाओलासँग यौनकार्य गर्न पाउँछन् त ? भन्ने प्रश्नमा पाओलाले भनेकी छन्, ‘जसरी पनि म आफ्नो वाचा पुरा गर्नेछु ।’



No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...