जिल्ला प्रशासन कार्यालय काठमाडौंले विदेशी युवासँग नेपाली युवतीले गर्ने दर्ता विवाहमा कडाइ गरेको छ।
नेपाली महिलालाई विदेशी नागरिकले विवाह गरी उनीहरुको देशमा लगेर यौन शोषण गर्ने, हिंसालगायत चरम यातना दिनेजस्ता घटना बढेपछि प्रशासनले कडाइ गर्न थालेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता गणेशकुमार भट्टराईले विवाह गरेर विदेश गएका युवतीले गम्भीर खालका समस्या भोग्नुपरेको गुनासो बढेपछि दर्ता विवाहमा कडाइ गरिएको जानकारी दिए।
अहिले नेपाली युवतीलाई चीन र दक्षिणा कोरियाका नागरिकसँग विवाह गर्न पूर्ण रुपमा रोकिएको छ। यसअघि भने जिल्ला प्रशासन कार्यालयमा कोर्ट र पोस्ट म्यासरज गर्न आउनेमध्ये सबैभन्दा बढी कोरियाली केटा र नेपाली केटीकै बढी हुने गरेको थियो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment