Monday, November 14, 2016

एमालेका पुर्व सभाषद शान्ता चौधरी जसले ५ लाख उपचार खर्च लिएर बचेको २ लाख फिर्ता गरेकी थिइन्, सुजाताले ५० लाख लिदा के भन्छिन उनि?



नेकपा एमालेका पूर्व सभासद शान्ता चौधरीलाई पनि स्वास्थ्य उपचारको लागि सरकारले पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो । तर उपचार गराएर बाँकी रहेको २ लाख रुपैयाँ शान्ता चौधरीले राज्यकोषमा फिर्ता गरेकी थिइन । राज्यकोषबाट स्वास्थ्य उपचारको नाममा हुने दुरुपयोग रोक्नको लागि चौधरीले नमूनाको रुपमा सबैलाई उदाहरण दिएकी थिइन । तर अहिले सरकारले सुजता कोइरालाई मापदण्ड विपरीत ५० लाख रुपैयाँ दिएकोप्रति चौधरीले राजनीतिमा लागेकाहरुलाई राज्यले सहयोग दिनुपर्ने भएपनि जथाभावी वितरण गर्दा समाजमा नकारात्मक सन्देश गएको बताइन् ।
कमलरी मुक्ति आन्दोलन मार्फत सामाजिक रुपान्तरणको भूमिका निर्वाह गर्दै आएकी चौधरीले भन्छिन–राजनीतिक गरेर समाजसेवामा लागेकालाई निश्चित रकम राज्य दिनुपर्छ र पहुँचको आधारमा होइन ।’

‘आज देशका दुर्गम क्षेत्रमा सिटामोल खान नपाएर नागकिले अकालमा ज्यान गुमाइरहेका छन’, चौधरीले थपिन,‘बिहान बेलुका हात मुख जोडन् छाक टार्ने गाँसको अभावमा नागरिकहरु छन, मैले सबैलाई सन्देश दिनको लागि उपचारबाट बचेको पैसा राज्यकोषमा फिर्ता गरेकी हुँ ।’

सरकारको नगरमा सामान्य नागरिक र विशिष्ठ सबै समान भएको बताउदै उनले भूमिकामा फरक–फरक स्थानमा भएपनि सरकारले प्रदान गर्ने सेवा सुविधा सबैको लागि समान रहेको बताइन । चौधरीले भनिन–सरकारले जथाभावी रकम बाँडदा जनतामा राम्रो सन्देश जादैन,सरकारले सबै नपालीको स्वास्थ्य उपचार निशुल्क गर्नुपर्छ । सरकारले क्यान्सर मुटु र किटनी रोगको निशुल्क उपचार गर्ने व्यवस्था गर्नुपर्छ । उनले राज्यकोषबाट हुने दुरुपयोग रोक्नु पर्ने बताइन ।

-

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...