Thursday, November 10, 2016

अब देशभर जिरो प्लस टु खारेजी हुने

अबको १८ महिनापछि देशभरका ११ र १२ कक्षा मात्र सञ्चालन गरेका उच्चमावि खारेज हुने भएका छन्।

केही दिनपछि जारी हुने शिक्षा नियमावलीले यस्तो व्यवस्था गर्न लागिएको हो। शिक्षा मन्त्रालयले तयार गरेको नियमावलीमा कक्षा ११ र १२ मात्रै सञ्चालन गरेका उच्च माविहरूले अनिवार्य रूपमा ९ र १० कक्षा सञ्चालन अनुमति लिने विशेष व्यवस्था गर्न लागेको हो।

शिक्षा नियमावलीको १३ को अनुसूचीको क मा साविकको कानुनबमोजिम कक्षा ११ र १२ को सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका विद्यालयहरूले २०७५ चैत मसान्तभित्र कक्षा ९ र १० को अनुमति लिइसक्नु पर्नेछ।

उक्त समयभित्र अनुमति नलिने त्यस्ता विद्यालयको अनुमति रद्ध हुने उल्ले गरेको छ। शिक्षा ऐन आएको चार महिनापछि जारी हुन लागेको नियमावलीमा कक्षा १ देखि १२ सम्मलाई विद्यालय शिक्षा उल्लेख गरेपछि शिक्षा मन्त्रालयले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भएको बताउँदै जिरो प्लस टुलाई कक्षा ९ र १० सञ्चालन गर्ने अनुमति दिन लागेको हो। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ। - See mo

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...