Saturday, November 26, 2016

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

- मोरङको कोसीहरैँचामा बसको ठक्करबाट गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा इलाम नगरपालिका-८ का २४ वर्षीय महेश विक रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो।

कोसीहरैँचा-१ स्थित केराबारी-खोसार्ने सडकखण्डमा को१ख १४३६ नंको बसले को२७प ३७७२ नंको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका विकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका ठूलोबुबा सोही ठाउँका ६० वर्षीय गोविन्द विक गम्भीर घाइते भएका छन्। उनकोे विरानगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस -

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...