Saturday, November 12, 2016

बन्द गराउन निस्केका विप्लवका ५० कार्यकर्ता भिसमिसेमै पक्राउ







File Photo

काठमाडौं – बन्द गराउन निस्केका विप्लव माओवादीका दुई जना जिल्ला नेतासहित ५० कार्यकर्तालाई प्रहरीले झिसमिसेमै पक्राउ गरेको छ । पूर्वघोषित ‘नेपाल बन्द’ सफल पार्न भन्दै विप्लवका कार्यकर्ता आईतबार बिहान अँध्यारोमै काठमाडौं र ललितपुरका चोक–चोकमा निस्केका थिए । प्रहरीले उनीहरुलाई बिहान ३ देखि चार बजेको बीचमा पक्राउ गरेको हो ।

‘काठमाडौंका विभिन्न स्थानबाट ४८ जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रधुम्न कार्कीले भने, ‘अहिलेसम्म आगजनी, तोडफोड लगायतका कुनै घट्ना घटेको छैन ।’

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दका अनुसार पक्राउ पर्नेहरुमा नेकपा माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा रहेका छन् ।

महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत ५१ जना रहेका छन् ।

पक्राउ परेका हरुलाई, सिंहदरबार, कालिमाटी, महाराजगञ्जलगायतका प्रहरी वृतहरुमा राखिएको छ ।

प्रहरीले ललितपुरको पुल्चोकबाट विहान करिब सांढे चारबजे शंकास्पद तिनजनालाई नियन्त्रणमा लिएको छ ।

बन्दकर्ताले चढेको दुईओटा मोटरसाईकल महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ । त्यस्तै एक लिटर तारपिन तेलसहित गोंगवुबाट विष्णु पराजुलीलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...