न्यूज अभियान,काठमाण्डौ,२७ कात्तिक ।
सय दिनमा ३ सय दिनको काम गरें भनेर फुइँकी हाँक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्रपत्रिका, सामाजिक सञ्जाल र अनलाइनमा सरकारविरोधी समाचार विरोध भाइरल भयो भनेर आत्तिएका छन् ।
राम्रो काम गर्न नसक्ने, सय दिनमा सिन्को नभाँच्ने अनि भाषणबाजी गरेर भ्रम छर्ने प्रधानमन्त्री दाहाल अनलाइनबाट सातो गएको अनुहार देखाइरहेका छन् ।
प्रचण्ड जी सामाजिक सञ्जाल र अनलाइन माथी किन खनिन परो ? राम्रो काम गरे भने आम नागरिकले प्रसंशा गरिहाल्छन् नी ?
प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेसको बुई चढेर सत्तामा त उक्लिए, सत्तामा पुगेर उनले माखो पनि मारेनन् ।
उल्टै अंगीकृत नागरिकता दिने र अंगीकृत नागरिक भएर १० वर्ष नेपालमा बसेकाले राज्यका उच्च पदमा नियुक्त हुन योग्य हुने भनेर जुन संविधान संशोधनको खाका तैयार गरेका थिए, त्यसको बिरोधले सामाजिक सञ्जाल, अनलाइन र पत्रपत्रिकाहरुले राजनीतिक भूकम्प नै ल्याइदिएका छन् ।
पुष्पकमल दाहाल यति घृणित र अलोकप्रिय भएका छन् कि त्यहीकारणले प्रधानमन्त्री अनलाइन र सामाजिक सञ्जाललाई कारवाही गर्नेसम्मको मूडमा पुगेको खबर छ ।
प्रधानमन्त्री प्रचण्ड जी ! आफु नसुध्रिने । सामाजिक सञ्जाल र अनलाइनले खेदे भन्ने यो सुहाएन नी की कसो ?
यो पनि पढ्नुहोस् : -
प्रधानमन्त्री ज्यू ! अंगीकृतलाई राष्ट्रपति बनाउनु पर्छ भन्ने को ? तै चूप, मै चूप किन ?
अंगीकृत भनेपछि एमाले अझै बाङ्गियो ! कांग्रेस र माओवादी केन्द्रको के हो कुरो ?
No comments:
Post a Comment