Thursday, November 10, 2016

ह्वेलले बान्ता गर्दा तीन माझी करोडपती !



ओमानका तीन माझी रातारात करोडपती बने । अचम्मको कुरा त के छ भने ह्वेलले बान्ता गरेपछि यी तीन माझी करोडपती बन्नका हुन् ।

एम्बरग्रिस नामले चिनिने ह्वेलको यो बान्तामा निकै महँगो मैन पाइन्छ । यी तीन माझीलाई यो मैनको सट्टा २५ लाख अमेरिकी डलर पाउने भएका छन् ।

गत अक्टोबर १० तारिखमा ४० वर्षीया खालिद अल सिनानीलगायत अन्य दुई माझीले कुरायत प्रान्तको समुन्द्री तटमा ह्वेलले बान्ता गरेको मैन तैरिरहेको भेटेका थिए ।

‘हामीलाई त्यसलाई आफ्नो ढुङ्गामा ल्याउनका लागि डोरीको सहायता लियौं,’ खालिदले टाइम्स अफ ओमानलाई बताए ।

‘पहिला मलाई बताइएको थियो कि एम्बरग्रिस निकै गन्हाउँछ । सुरुमा यसको गन्ध राम्रो थिएन तर दुई दिनपछि यो आफैं बास्नादार भयो । हामी खुसीले पुनः समुन्द्रको तटमा गयौं,’ उनले भने ।

८० किलोको एम्बरग्रिसलाई एउटा बक्समा बन्द गरेपछि त्यसको पहिचानका लागि विशेषज्ञलाई बोलाइयो । समुन्द्रमा भेटिएको उक्त पदार्थ एम्बरग्रिस नै भएको पक्का भएपछि उनीहरुले सुकाएर बेच्नका लागि त्यसलाई काट्न सुरु गरे । खालिदका अनुसार यसलाई बेचेपछि आउने पैसाले रियल स्टेटको क्षेत्रमा आफ्नो करियर बनाउने सोच छ

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...