सन् १९५० मा जब चीनले तिब्बत कब्जा गर्यो तब त्यसको प्रभाबले भारतलाई दिर्घकालीन समयसम्म प्रत्यक्ष असर पर्ने र भोलिका दिनमा नेपालसँग भारतका सीमा जोडिएका स्थानमा चीनको सोझो प्रभाब रहने ठानी तिब्बत कब्जापछि चीनको सैनिक गतिबिधीलाई निस्तेज पार्न भारतले नेपालको स्थायित्वप्रति सोझो रुपमा चाख तिब्बत कब्जापछि नै बढाउँदै लग्ने क्रममा उसले एकपछि अर्को गदै सफलता हात पार्दैछ । चाँहे राणाशासनको पतनमा राजासँग घाँटी जोडेर होस् या त पंचायती ब्यबस्था या बहुदल होस या त एकदशक लामो जनयुद्धको अवतरण, भारत आफ्ना मिसनमा सफल हुँदै गैरहेको छ । राष्ट्रिय स्वाधिनता, जनगणतन्त्र शान्ति र समृद्धिका नाममा स्वर्गिय गिरिजाप्रसाद कोईरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको सत्ता इगोको कारण बिना कार्यदिशा र देशको भाबि रणनीतिक दृष्टिकोण बिना दिल्लीको उक्साहट र ज्ञानेन्द्रलाई ठेगान लगाउने योजना मुताबिक प्रचण्डको सिंहदरबारको यात्रालाई १२ बुँदेका नाममा ओके गरिदिएका कारण नेपालमा एकदशक लामो जनयुद्ध शान्ति सम्झौताको नाममा शान्तिप्रक्रियामा आएको हो, भने राजनीतिमा चतुर खेलाडी गिरिजाप्रसाद कोइरालाले दिल्लीको ग्राण्डडिजाईनमा सातदलीय मोर्चा कस्न सफल भएका पक्कै हुन् ।
हुन त क्रान्तिकारी आन्दोलन बिसर्जन गरि दलाल संसदीय ब्यबस्था मान्नाले दोस्रो संबिधान सभाको उपनिर्वाचनमा बागलुङमा माओवादी पार्टीको जमानत नै जफत हुनपुग्यो । तर, भोलिका कुनै दिन देशका कति ठाउँबाट जमानत जफत हुने हो त्यसको माओबादीलाई एकरत्ति चिन्ता छैन् । अन्तर्राष्ट्रिय, क्षेत्रीय लगायत छिमेकी देशहरुको प्रभावका कारण उदय भएको माओबादी पार्टी माओलाई बदनाम गरि पतनको संघारमा छ ।
जब माओबादी पार्टीले जनयुद्ध सुरु गर्दा चालिस सुत्रीय माग बुझ्ने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा एकदशक लामो हिंसात्मक युद्धमा तीनपटक देशको प्रधानमन्त्री भए, सत्तासमिकरण बदल्न जस्तोसुकै हतकडा अपनाउन माहिर खेलाडी गिरिजा दुईपटक कृष्णप्रसाद भट्टराई एकपटक भने सूर्र्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द दुई, दुई पटक प्रधानमन्त्री हुँदा किन कोइरालाले माओबादी समस्या समाधानमा कुनै तदरुकता देखाउन सकेनन् । जनतामाझ लोकप्रिय प्रधानमन्त्रीको छबि बनाएर नौ महिने शासन चलाएका मनमोहन अधिकारीपछि एमालेले कुनै बोल्ड निर्णय माओबादी जनयुद्धकालमा गर्न सकेन भने जननेता मदन भण्डारी र मनमोहन अधिकारी ठिक तर, जनताको बहुदलीय जनबाद मान्ने एमाले बेठिक भन्ने सुनियोजित प्रोपोगान्डालाई लोकतान्त्रिक गणतन्त्रपछि स्थापित खड्क प्रसाद ओली सरकारको भ्रुड आयुले केहि हदसम्म चिर्न सकेनी राजाको हुकुमीशासनमा एमाले हुन्छ बाहेक केही भन्ने स्थानमा थिएन । साथै, माधवकुमार नेपालले तत्कालीन महासचिबका हैसियतले राजाको पाउमा दाम चढाउन बाहेक केहि गर्न सकेनन् ।
भारत नेपालको जस्तोसुकै रणनीतिमा पनि सफल हुँदै आइरहेको छ जसमा कांग्रेसको एकतप्काले उसलाई सघाइरहन्छ भने भाबि समयमा कांग्रेस पार्टीको नेतृत्व युवाशक्तिको हातमा पुग्नसक्ने र भारत आफनो मिसनबाट असफल हुन सक्ने भाबी नजरअन्दाज बमोेजिम बिजयकुमार गच्छदार, महन्थ ठाकुर लगायत हृदयेश त्रिपाठी, अशोक राई, उपेन्द्र यादबलाई आफ्नो पकडमा मधेशका नाममा राजनीति गर्न लगार्ई आफ्नो स्थान सुरक्षित गर्दैछ जसलाई तत्काल भारत हटाउन चाहन्न् ।
हुन त पण्डित जवाहरलाल नेहरुले भारत स्वतन्त्रता भएपश्चात भारतको प्रदेश बिभाजन गर्दा भनेका थिए– ‘हाम्रो यति बिशाल देशलाई स्वायत्ततासहितको संघीयताको आबश्यक छैन् तर भाषा र जातीय आधारमा राज्यको बिभाजन कुनै हालतमा हुन सक्तैन, यदी भाषा र जातीय आधारमा राज्य बिभाजन गर्दै जाने हो भने देश चिरापर्ने क्रम कहिल्यै रोकिन्न ।’ तर, उनकै छोरी इन्दिरा गान्धीले छिमेकीलार्ई छिमेकी नसम्झी सन् १९७१ मा पाकिस्तानीको भेषमा एकलाख भन्दा बढी भारतीयलाई लुङ्गी लगाई पाकिस्तान बिखण्डनका लागि पूर्वी पाकिस्तानमा शेख मुजीबुर रहमानको नेतृत्वमा लड्न पठाएर बंगलादेश बनाइए जसरी नेपाल बिखण्डनका निम्ती नागरिकता बिबाद निकाली नेपाल बिभाजनको रणनीति भारत अख्तियार गर्दैछ भने कांग्रेस पार्टीलार्ई संसदबाट जंगबहादुर र मातृकाको बाटो नहिड्न चुनौति दिएको एकबर्ष नबित्दै त्यही कांग्रेससँग घाँटीजोडी प्रचण्ड यु—टर्न हुनु दक्षिणपन्थीको लागि प्रचण्डपथ एकऔजार सरह बनी नेपाली जनतामा परेको एन्टि इन्डियन सेन्टिमेन्ट कसरी हुन्छ प्रचण्डकोे माध्यमबाट बढाउन चाहन्छ ।
भारत नेपालको जस्तोसुकै रणनीतिमा पनि सफल हुँदै आइरहेको छ जसमा कांग्रेसको एकतप्काले उसलाई सघाइरहन्छ भने भाबि समयमा कांग्रेस पार्टीको नेतृत्व युवाशक्तिको हातमा पुग्नसक्ने र भारत आफनो मिसनबाट असफल हुन सक्ने भाबी नजरअन्दाज बमोेजिम बिजयकुमार गच्छदार, महन्थ ठाकुर लगायत हृदयेश त्रिपाठी, अशोक राई, उपेन्द्र यादबलाई आफ्नो पकडमा मधेशका नाममा राजनीति गर्न लगार्ई आफ्नो स्थान सुरक्षित गर्दैछ जसलाई तत्काल भारत हटाउन चाहन्न् ।
हुन त क्रान्तिकारी आन्दोलन बिसर्जन गरि दलाल संसदीय ब्यबस्था मान्नाले दोस्रो संबिधान सभाको उपनिर्बाचनमा बाग्लुङ्गमा माओबादी पार्टीको जमानत नै जफत हुन पुग्यो । तर, भोलिका कुनै दिन देशका कति ठाउँबाट जमानत जफत हुने हो त्यसको माओबादीलाई एकरत्ति चिन्ता छैन् । अन्तर्राष्ट्रिय, क्षेत्रीय लगायत छिमेकी देशहरुको प्रभाबका कारण उदय भएको माओबादी पार्टी माओलाई बदनाम गरि पतनको संघारमा छ । नेतृत्वपक्तिको मनमा अलि कुटिलता र कौशलताको चाँजोपाँजोको भ्रम, सिद्धान्त र बिचारमा बिश्रृृखलता, ब्यबहारमा सुन्यताको साथमा संकिर्ण सोचमा बृृद्धि, दिमागी खेलमा परधिनता, नशानशामा राजनीतिक अस्थिरता नै माओबादीको भन्नुपर्दा प्रचण्ड पार्र्टीको पहिचान हो । जसले गर्दा लालध्वजलार्ई पुन बाबुराम हुने मौका दियो । एमालेलार्र्ई जनताको समर्र्थन दिलाउन सेतुको काम गर्दैछ भने भारतलार्र्ई पहाड र मधेशका नाममा विभाजन गराउने मौका दिएको छ । जसले गर्र्र्दा कांग्रेसले पुन एकपटक किलोसेरा टु प्रचण्डको काँधमा बसेर चलाउन सफल पक्कै हुनेछ ।
२००७ सालपछि निरंकुश पंचायतको केहि अबधि बाहेक कुनैपनि जननिर्बाचित सरकारले आफनो पूरा कार्यकाल बिताउन पाएका छैनन् भने ११ सिट रहेको तराई मधेश लोकतान्त्रिक पार्टी, १५ सीट रहेको संघीय समाजबादी फोरम नेपाल, ६ सीटको सदभावना पार्टी र ३ सीट रहेको तराई मधेश सदभावना पार्टीको निर्णायक मतका आधारमा चुनिएको प्रचण्डको नौ महिने कार्यकालपछिको अबस्था र भुमिका भोलिका दिनमा रुझेको बिरालो सरह हुनु बाहेक केहि छैन् ।
जोसेफ स्टालिनले आफनो देशमाथि हमला गर्र्न आउने जर्मन सेनालाई बन्दी बनाए, त्यसको प्रतिबादमा जर्मनले जोसेफका छोरा जेकब स्टालिनलाई बन्दीे बनाई सेना छाड्न लेनदेनको सौदाबाजीको प्र्रस्ताब गरे पनि जोसेफले मलाई मेरो छोरोभन्दा देशको माया छ जसले गर्दा म जर्मन सेना छोड्न सक्दिन् भन्ने दह्रो अडानका कारण जेकबले सन् १९४३ मा जर्र्मनको जेलमा सडेर मर्न परेको यथार्थ हो भने दशबर्ष जनयुद्ध लडेको भरमा स्टालिनले बहुदलीय ब्यबस्था लागु नगरेर शोभियत संघमा ठूलो भुल गरेको बताउने प्रचण्ड आफनो धरातल बिर्सिदै छन् । आज हेरौ न ब्राजिलकी राष्ट्रपति डिल्मा रुसोफसँगै टर्किका राष्ट्रपति अब्दुल्लाह गुल शक्तिशाली दुई बिशाल ढुङ्गाका बीच रहेर पनि चलाखी पूर्वक देशको बिकास गरिरहेका छन् । हुन त देश बनाउन एउटा ढृढ संकल्प चाहिन्छ, तर प्रचण्ड पहिलो प्रधानमन्त्रीकाल सेनापति प्रकरणबाट भारतको योजनामुताबिक चिप्लिएपछि भारतको ‘एस म्यान’ र ‘जुठो नखाँदा’सम्म आफू कुर्सीमा टिक्न नसक्ने निष्कर्षबमोजिम उसको गाथा गाउँदै छन् । जब देशमा माओवादी निमूल पार्नका लागि सैन्य गतिबिधि सरकारले बढायो तब आफ्नो शत्ति क्षतबिक्षत हुने आँकलनका साथ भारतको साथबिना जनयुद्धले गति लिन नसक्ने योजना मुताबिक प्रचण्ड र लालध्वजले भारतीयहित प्रतिकुल केहि नगर्ने लिखिन प्रतिबद्धता भारतीय प्र्रधानमन्त्री कार्यालयमा २०५९ सालमा बुझाएसँगै माओबादी जति उफ्रिएपनि थेचारिनुको बिकल्प छैन भने बैद्य र बिप्लबहरु यसलाई नजिकबाट नियाली पर्ख र हेर बाहेक अर्को रणनीतिमा छैनन् ।
No comments:
Post a Comment