साउदीमा ५० कम्पनीमा कार्यरत करिब हजार नेपाली फसेकाठमाडौँ, ८ मंसिर - नेपाली कामदारको लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको रोजगारीमा संकट बढ्न थालेको छ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल् रहेपछि अर्थतन्त्रमा जटिलता बढ्न थालेका छन्। साउदीका कम्पनीहरू धराशायी हुनेक्रम बढ्न थालेपछि काम तथा तलब नपाउने नेपाली कामदारको संख्या ह्वात्तै बढेको छ।
साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले ५० भन्दा बढी कम्पनीमा कार्यरत कम्तीमा एक हजार नेपाली काम र तलब नपाएर अलपत्र परेका छन्। पहिला जस्तो सामान्य हिसाबले पीडित भएर आउने अवस्था रहेन, साउदीका लागि नेपाली कार्यबाहक राजदूत आनन्दराज शर्माले भने, अलपत्र भएर आउने कामदारको संख्या ह्वात्तै बढेर आयो। हामीलाई व्यवस्थापन गर्न एकदमै कठिन भइरहेको छ।
No comments:
Post a Comment