Friday, November 18, 2016

यो जंगल होइन मात्रै एउटा रुख हो



प्रकृति विचित्र किसिमको छ। यहाँ अनगिन्ति जीवजन्तु तथा बोटविरुवाहरु समाहित रहेका छन्। यी मध्ये एउटा अनौठो रुख जुन जंगलजस्तै देखिन्छ।



यो संसारकै सबैभन्दा धेरै चौडा भएको रुख हो। यसको फैलावट करीब १४ लाख ४ हजार ४ सय वर्गमीटर रहेको हुन्छ। यो रुख कलकत्ताको ‘द आचार्य जगदीश चन्द्र बोश बोटनिकल गार्डेन’मा रहेको छ।

यो रुख २५० वर्षभन्दा धेरै समयमा घना भइसकेको छ जुन हेर्दा एउटा जंगलको संज्ञा दिने गरेका छन्। यो एउटा रुख मात्रै नभइ जंगल नै भइसकेको छ।



यदि तपाई टाढाबाट यसलाई हेर्दा एउटा जंगलको रुपमा देखिन्छ। तर यसको रुखले आफ्नो शाखा र जरा खोज्‍दै जाँदा जमिनको धेरै भागलमा फैलिइसकेको हुन्छ। यो पानीको सहायताले यति धेरै क्षेत्रफलमा फैलियो की अहिले यो भयंकर जंगलको रुपमा विकसित भइसकेको छ।



अहिलेसम्म यसको जरा करीब २ हजार ८ सयभन्दा धेरै नै भइसकेको छ। १९ औ शताब्दीमा यहा आएका २ जना चक्रवर्ती तुफानले यसको जरा लिएर छोडेको थियो।



सन् १९२५ मा यसको जरालाई काटेर अलग अलग गरिदिएर छुट्ट्याइदिए पनि पछि फेरी सबै जराहरु एकअर्कामा जोडिन पुग्यो र एउ६ा जंगलको रुप लियो। यसको जरा अहिले पनि बढिरहेको छ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...