Friday, November 18, 2016

खाना चोरेको भन्दै रिसाएको भीडले पहिले बालकलाई निर्घात कुटे, पछि जिउँदै जलाए



नाइजेरियामा खाना चोरी गर्दा एउटा बालकले निकै ठूलो सजायँ भोग्नुपर्यो । लागोसको एक सुपरमार्केटमा खाना चोरेको भन्दै रिसाएको भीडले बालककलाई निर्घात कुट्नुका साथै जिउँदै जलाए पनि ।

घटना नाइजेरियाको सबैभन्दा ठूलो शहर मानिने लागोसको बदाग्री डिस्ट्रिक्टको हो । भिडियोमा देखिए अनुसार उक्त बालकको अनुहार रगतले लतपतिएको छ र रिसाएको भीडले उनलाई बारम्बार प्रहार गरिरहेका छन् । बालकको हात खुट्टा बाँधिएका कारण उनले आफ्नो बचाउ पनि गर्न सकिरहेका थिएनन् ।

भिडियोमा बालक लगातार माफी मागिरहेको देख्न सकिन्छ । यत्तिकैमा एक व्यक्तिले उनको गलामा टायर हालिदिन्छन् । त्यसपछि यसै टायरमा तेल हालेर बालकलाई जिउँदै जलाइन्छ जसमा उनको मृत्यु हुन्छ ।

रिपोर्टका अनुसार थुप्रै मानिसहरुले उनलाई पुलिसलाई जिम्मा लगाइदिन आग्रह गर्दा रुष्ट भीडले उनीहरुलाई लगातार पिटिरहे ।

कतिले बालकको उमेर १५ वर्ष भनेका छन् भने कसैले उनी सात वर्षको भनी दाबी गरिरहेका छन् । रिपोर्टका अनुसार पछिल्लो केही समयदेखि पसले र व्यापारीहरुले यी बालकमाथि लगातार चोरीको आरोप लगाइरहेका थिए ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...