Sunday, November 13, 2016

ट्रम्पले तलव बापत वार्षिक एक डलर लिने, सुजाता कोइरालालाई उपचार खर्च रु ५० लाख दिइने



नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राष्ट्रपतिले पाउने ४० लाख डलर आफूले नलिने घोषण गरेका छन् ।

उनले राष्ट्रपतिले पाउने ४० लाख डलर तलव लिनुको सट्टा आफूले वर्ष दिनमा एक डलर मात्रै लिने घोषणा गरेका छन् । चुनाव अघि घोषणा गरेको प्रत्येक निर्णयमा अडिग रहेको बताउँदै ट्रम्पले आफू अमेरिकाको हितका लागि दत्त चित्तले काम गर्ने र छुट्टि पनि नलिने बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले तलव बापत पाउने सुविधाका बारेमा सोधिएको प्रश्नको जवाफमा ७० वर्षीय राष्ट्रपति ट्रम्पले भने( म तलव लिन्न । यसका साथै ट्रम्पले चुनाव प्रचारका बेला सेम्टेम्बर महिनामा गरेको बाचा पुरा गरेका छन् ।

यता नेपालमा भने नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सबै पक्षबाट बिरोध भएपनि नेपाली कांगे्रस मार्फत सरकारलाई दबाब दिएर भएपनि रु ५० लाख पाउने भएकी छिन् । कोइरालालाई उक्त रकम क्यान्सर उपचारका लागि दिन लागिएको हो ।



स्वास्थ्य मन्त्री गगन थापाले कोइरालालाई स्वास्थ्य उपचार बापत त्यत्रो ठूलो रकम सहयोग गर्न नसक्ने भन्दै अडान लिएका थिए । थापालाई झुक्याउँदै सरकारले चोरबाटो बाट कोइरालालाई आर्थिक सहयोग गर्न लागेको हो ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...