Sunday, November 13, 2016

सरकार ले सम्पती विवरण माग्दा सम्पती विवरण देखाउन नमानी पाँच हजार जरिवाना तिर्ने सुजाता सँग सम्पती कति छ !






काठमाडौं, कात्तिक २९ । माधव नेपाल नेतृत्वको सरकारको पालामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेकी कांग्रेस नेतृ सुजाता कोइरालाको सम्पत्तिबारे सरकार अनभिज्ञ छ ।

मन्त्री हुँदा उनले सरकारी नियम उल्लंघन गर्दै सम्पत्ति विवरण बुझाइनन् । जसबापत उनले पाँच हजार जरिवाना तिरिन् ।

पहिलो संविधानसभामा सभासद हुँदा पनि उनले सम्पत्ति विवरण बुझाएकी थिइनन् । त्यसबापत पनि उनले जरिवाना तिरिन् ।

जरिवाना तिर्ने तर सम्पत्ति विवरण नबुझाउने कारण के हो ? सरकारलाई पनि थाहा छैन ।

सुजाताले आफ्नो उपचारका लागि सरकारसँग पैसा नमागेको उनका स्वकीय सचिव लक्ष्मण थपलियाले दाबी गरेका छन् । जग्गा बेचेर उपचार गर्न खोजे पनि सरकारले नै खर्च दिन खोजेको उनको भनाइ छ । –नयाँ पत्रिका दैनिकबाट

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...