पढेको थिए कुनै कथामा, हेरेको थिए कतै पर्दामा । तर, कसैको वास्तविक जीवनमा यतिधेरै दर्दनाक पीडा देखेको थिइँन । यो तस्बिर पत्रकार कर्ण बोहोरालाई उहाँको आमाले पशुपति आर्यघाटमा अन्तिम बिदाई गरिरहनुभएको तस्बिर हो
पढेको थिए कुनै कथामा, हेरेको थिए कतै पर्दामा । तर, कसैको वास्तविक जीवनमा यतिधेरै दर्दनाक पीडा देखेको थिइँन । यो तस्बिर पत्रकार कर्ण बोहोरालाई उहाँको आमाले पशुपति आर्यघाटमा अन्तिम बिदाई गरिरहनुभएको तस्बिर हो । जसले यो छोरो (कर्णजी) जन्मिनु तीनमहिना अघि नै जीवनसाथी गुमाउनुभयो । उहाँको जीवनसाथीलाई डाकाले हत्या गरीदिए । यसपछि छोरा र बुहारी गुमाउनुभयो । आज फेरि अर्को छोरालाई यसरी बिदाई गर्नुपर्यो । बुहारी दुइवटै मृगौला काम नलाग्ने भएर अस्पतालको सैंयामा छटपटिरहनुभएको छ । हामीसँग उहाँलाई सम्झाउने कुनै शब्द नै थिएन । उहाँले जस्तै आँशु झार्नु बाहेक । खै के भनाैं ? मन भारी भएकाे छ । यति भनौं, प्रिय कर्ण जी अलविदा !!
No comments:
Post a Comment