Sunday, November 27, 2016

बिरामी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

तेहरान (इरान)- बिरामी र चारजना चालकदलका सदस्यसहित पाँच जनाको आइतबार मृत्युभएको यहाँको सरकारी टेलिभिजनले जनाएको छ।

विमान चालकदलका चार सदस्य र उपचारका लागी हिँडेका बिरामी यात्रुको क्षतविक्षत अवस्थामा मृत शरिर उद्धारटोलीले “क्यासपियन सी”बाट उद्धार गरेको इरानी सुरक्षा अधिकारीले जनाएका छन्।

नेशनल इरानियन ड्रिलिङ कम्पनीको उक्त हेलिकप्टर अभीरकवीरबाट करिव एक किलोमिटर ताढा दुर्घटनाग्रस्त भएको आइएसएनए न्यूज एजेन्सीले बेहसारका गभर्नर खलेग साजादीलाई उद्धृत गर्दै जनाएको छ।

विमानको ब्लाकबक्स भेटिइनसकेकाले दुर्घटनाको बारेमा पत्ता नलागेको जनाउदै छिट्टै ब्लाकबक्स खोजी अनुसन्धान थालिने कम्पनीले जनाएको छ। रासस/एएफपी

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...