Sunday, November 27, 2016

स्याङ्जामा दुई बस एकापसमा ठोक्किँदा ११ जना घाइते



वालिङ, १२ मङ्सिर - सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको जगत्रदेवी–७ बटुवामा आज दुई बस एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।

गल्याङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनक रेग्मीका अनुसार भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ३९८९ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको ग१ख ४९९१ नंको बस ठोक्किएका हुन् ।

घाइतेमध्ये श्रीकृष्णगण्डकी–२ की ३२ वर्षीया ईश्वरी न्यौपानेलाई थप उपचारका लागि पोखरा लगिएको छ भने गुल्मी हर्मीचौरका २६ वर्षीय मुक्तिप्रसाद पाण्डे, स्याङ्जा बिर्घा–५ का ६८ वर्षीय छविलाल पाण्डे र बिर्घा–५ की २३ वर्षीया डम्मरा पाण्डेको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरी नायब निरीक्षक रेग्मीले बताउनुभयो । अन्य सात घाइते भने सामान्य उपचारपछि घर फर्किसकेका छन् । रासस

-

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...