Thursday, November 10, 2016

‘इवांका मेरी छोरी नभएको भए म उसलाई पनि डेट गर्थें’, पढ्नुहोस् डोनाल्ड ट्रम्पका ७ विवादास्पद बयान



डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बनेका छन् । उनी राष्ट्रपति चुनावको अभियानको क्रममा विभिन्न विवादास्पद बयानका कारण चर्चामा रहे । उनले जुन बयान दिए त्यसले उनलाई अमेरिकासहित संसारभरीका मानिसहरुको आलोचना खेप्न बाध्य बनायो । आज हामी तपाईंलाई ट्रम्पका ती सात विवादित बयानको बारेमा जानकारी दिँदैछौं जो चर्चामा रहे ।

इवांका मेरी छोरी नभएकी भए म उसलाई पनि डेट गरिरहेको हुन्थें
९ वर्ष पहिले सन् २००६ मा एबीसी टक शो मा ट्रम्पलाई यदि उनकी छोरी प्लेब्वाईमा आइन् भने तपाईंलाई कस्तो लाग्ला भन्ने प्रश्न सोधिएको थियो । प्रश्नको जवाफ दिँदै उनले भनेका थिए, ‘यो निराशाजनक हुनेछ । तर म्यागजिनमा कस्तो प्रकारको कन्टेन्ट हुन्छ त्यसमा पनि भर पर्छ । मलाई लाग्दैन कि इवांकाले यसो गर्नेछिन् । यद्यपी, उनको फिगर निकै राम्रो छ र यदि उनी मेरी छोरी नभइदिएकी भए म उनलाई पनि डेट गरिरहेको हुन्थे ।’

यसै वर्ष ट्रम्पले रोलिङ स्टोनलाई पनि भनेका थिए कि इवांका निकै विशेष र सुन्दर छिन् ।

महिलामाथिको टिप्पणीका कारण श्रीमती रुष्टः
ट्रम्पको सन् २००५ को भिडियो सार्वजनिक भएको छ जसमा उनी महिलाहरुसँग यौन सम्बन्ध बनाउने विषयमा थुप्रै विवादित बयान दिइरहेको देख्न सकिन्छ । उनले महिलाबारे थुप्रै अश्लिल कुराहरु पनि भनेका थिए । निकै आलोचना भएपछि ट्रम्पले यसका लागि माफी माग्नु पर्यो । ट्रम्पकी श्रीमती मेलानियाले महिलाहरुको विषयमा गरिएको टिप्पणी स्विकार्य नभएको भनी यसलाई अपमानजनक बताइन् । उनले अमेरिकी जनतालाई माफी गरिदिन पनि अपिल गरेकी थिइन् ।

कार्यक्रमका सबै महिला मसँग फ्लर्ट गर्दथेः
ट्रम्पले सन् २००४ मा आफ्नो किताब ‘हाउ टु गेट रिच’ मा ‘द अप्रेन्टिस’ कार्यक्रमको विषयमा पनि निकै विवादास्पद बयान दिएका थिए । उनले कार्यक्रमका सबै महिला सहभागी आफूलाई फ्लर्ट गर्ने गरेको बताएका थिए ।

जसले श्रीमानलाई सन्तुष्ट पार्न सकिनन्, अमेरिकी जनतालाई के सन्तुष्ट राख्न सक्छिन् ?
सन् २०१५ को अप्रिलमा ट्रम्पले हिलारीमाथि निकै विवादास्पद बयान दिएका थिए । उनले भनेका थिए यदि हिलारी क्लिंटनले आफ्ना श्रीमान्लाई सन्तुष्ट पार्न सकिनन् भने अमेरिकाका जनतालाई कसरी सन्तुष्ट बनाउलिन् । ट्रम्पले तुरुन्तै यो ट्वीट डिलिट पनि गरेका थिए तर त्यतिबेलासम्म उनको ट्वीटको थुप्रै स्क्रिनसट लिइसकिएको थियो ।

आफ्नो प्रतिद्वन्द्वीको अनुहारमा उठाएका थिए प्रश्नः
रोलिङ स्टोनलाई दिएको एक अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले राट्रपति चुनावमा आफ्ना प्रतिद्वन्द्वी कार्ली फियोगिराको अनुहारमा प्रश्न उठाएका थिए । ट्रम्पले भनेका थिए, ‘उनको अनुहार हेर्नुहोस्, कसैले उसलाई भोट गर्लान् र ? के तपाईंले यसको कल्पना गर्नुहुन्छ कि हाम्रो अबको राष्ट्रपतिको अनुहार यस्तो हुन सक्छ ।’

अमेरिकामा मुस्लिमको प्रवेशमा रोक लगाउनुपर्नेः
डोनाल्ड ट्रम्पले ओरल्याण्डोको नाइट क्लबमा भएको फायरिङपछि मुस्लिमबारे जुन बयान बयान दिएका थिए त्यसले विवाद पैदा गर्यो । ट्रम्पले अमेरिकामा मुस्लिमको प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुपर्ने बताएका थिए ।

मेक्सिकोबाट अमेरिकामा आइरहेका छन् बलात्कारीः
ट्रम्पले सन् २०१५ को जूनमा मेक्सिकोको विषयमा निकै विवादित बयान दिएका थिए । उनले भनेका थिए, ‘मेक्सिकोले अमेरिकामा कोही पनि राम्रो मानिस पठाइरहेको छैन । मेक्सिकोका मानिसहरु देशमा ड्रग्स र अपराध लिएर आइरहेका छन् । जसलाई हामीले पहिचान गर्न गल्ती गरिरहेका छौं, उनीहरु वास्तवमा बलात्कारी हुन् ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...