Sunday, November 27, 2016

क्याबिनेट बस्यो तर संविधान संशोधन किन दर्ता भएन










काठमाडौं : सहमतिको प्रयास जारी राख्ने भन्दै सरकारले संविधान संशोधन प्रस्ताव सोमबार मात्र दर्ता गर्ने भएको छ।

संविधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिने भन्दै आइतबार बोलाइएको बैठकमा छलफल भए पनि निर्णय केही भएन। प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँगको सम्वाद जारी रहेको र सहमति प्रयास जारी रहेकोले सोमबार टुंगो लगाउनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए।

शनिबार बसेको सत्तारुढ दलहरुको बैठकले आइतबार मधेसी मोर्चासँग छलफल गरेरसंशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो। तर एमाले अहिलेसम्म सहमत भएको छैन। संविधान संशोधनका लागि एमालेलाई मनाउने प्रयास प्रधानमन्त्री र कांग्रेसको नेतृत्वबाट भइरहेको छ।

संविधान संशोधनको प्रस्तावलाई टुंगो लगाउन मन्त्रिपरिषद्‍को बैठक सोमबार पनि बोलाइएको छ।

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...