बच्चा फ्यालेको देखेर यस्तो सानो बच्चा फ्याल्न सक्ने कस्ति निर्दयी आमा रहिछ भन्दै धेरैले बच्चा फ्याल्ने आमालाई गाली त गरे तर कसैले पनि त्यो बच्चाको रुवाईमा मलम लाउने काम गरेनन् । त्यही बच्चाको रुवाई र मान्छेको भीड माझ दुर्गादेवीलाई एक्कासी त्यो बच्चाको रुवाईले छोयो र उनले त्यसलाई फोहोरबाट टिपिन् ।
नभन्दै उनले त्यही बालिकालाई हुर्काएर सुरु गरेको अभियानले आज मूर्त रुप पाएको छ । उनले हालसम्म ६० जना बालबालिकालाई साझा घर दिलाएकी छिन् जहाँ निर्धक्कसँग उनीहरु दुर्गादेवीकै अभिभाकत्वमा हुर्किएका, बढेका र पढ्न पाएका छन् । असहाय बालबालिका खोज्दै र बटुल्दै जाँदा १४ जना पुगेपछि उनले २०५४ सालमा संस्था दर्ता गरी संस्थागत रुपमै यो काम सुरु गरिन् ।
आत्मनिर्भरमुखी अभियान अन्तर्गत दुर्गादेवीले २३ बर्षअघि सुरु गरेको अचार बनाउने, मखमली जुत्ता र झोला बनाउने कामलाई निरन्तरता दिँदै विस्तार गरेकी छिन् । अहिले त उनको परिवार नै जुनुुसुकै काम अाँटे पनि गर्न समेत सक्षम भैसकेको छ ।
२०५७ सालमा २२ जना बालबालिकाको आमा भएपछि उनले उनका स्कुले जीवनका एक क्लासमेट रुद्र कङ्दम्बासंग विवाहा गरिन् ।
त्यसो त उनीहरुको विवाहको प्रमाण पत्र र मायाको दुत बनेर छोरी सलपा उदाएकी छिन् । तर पनि उनलाई अहिले पनि सबैभन्दा धेरै माया असनमा फालिएको अवस्थामा भेटिएकी छोरीकै लाग्छ । सुन्दर मुहारकी उनी अहिले आफ्नै घर संसारमा रमेर बसेकी छिन् ।
उनकै नेतृत्वमा ०६४ सालमा ज्योती बहुउद्देश्यीक सहकारी संस्था समेत दर्ता भएर संचालन भैरहेको छ । हाल सहकारीमा काम गर्ने अधिकांश उनकै छोराछोरी छन् । उनका छोराछारी स्नातक पढ्नेदेखि विदेश जानेसम्म भएका छन् । उनी धेरै ज्वाईं र बुहारीका सासु आमा समेत भएकी छिन् ।
यहि अभियानलाई आर्थिक रुपले मजबुद बनाउन उनले साथीभाईसँग सहयोग मागिन्, ०५७ सालदेखि मासिक एक सय एक रुपैयाँ संकलन अभियान चलाईन् । हालसम्म पनि मासिक ५०० जनाले १०१ रुपैयाँ दिईरहेका छन् ।
सम्बन्धित समाचार
No comments:
Post a Comment