Thursday, November 10, 2016
मकालु एयरको जहाज सिमिकोट विमानस्थलमा दुर्घटना
काठमाडौंः मकालु एयरको जहाज शुक्रबार बिहान हुम्लाको सिमिकोट विमानस्थलमा दुर्घटनामा परेको छ । जहाज अवतरण गर्ने क्रममा जहाजको टायर पम्चर भएर दुर्घटनामा परेको हो ।
सुर्खेतबाट सामान लिएर हुम्ला गएको ९एन एजेजी कल साइनको जहाज सिमकोट विमानस्थलमा अवतरणको क्रममा शुक्रबार बिहान पौने ८ बजे दुर्घटनामा परेको हो ।
अवतरणका क्रममा दाहिने टायर पन्चर हुँदा भएको दुर्घटनाबाट जहाजमा सामान्य क्षति पुगेको छ ।
जहाजमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
सिमिकोट विमानस्थलका सुरक्षा अधिकारीका अनुसार कार्गो जहाजमा चालक र सहचालक मात्रै थिए ।
जहाजमा सामान्य क्षति पुगे पनि चालकदलका दुवैजना सकुशल रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment