Thursday, November 17, 2016
गरिबीका कारण स्तनमा घाउ गहिरिँदै जाँदापनि धामीझाँक्रीको भरपर्न बाध्यछन् कान्छीमाया
सिन्धुपाल्चोक, ३ मंसिर - बाँसले बारेको कटेरो। टिनको छानो। भित्र ओछ्यानका लागि गुन्द्री ओछ्याइएको छ । गुन्द्रीमाथि च्यातिएको तन्ना। भान्सामा केही भाँडाकुँडा छन्। तर, पकाउने अन्न छैन। हैबुङ–५ सिन्धुपाल्चोक द्वारे टोलकी कान्छीमाया तामाङ ६० वर्षकी भइन्। उनको कटेरोमा सुत्ने ठाउँभन्दा एक मिटरजति तल बाख्रा बाँध्ने खोर छ । उनी महिनौँदेखि थला परेकी छिन्।
उनको स्तनको घाउ गहिरिने र छातीमा फैलने क्रम जारी छ। तर, खर्च अभावमा उनको उपचार हुन सकेको छैन । घाउ सहनैनसक्ने गरी दुखेपछि कम्मरदेखि माथिको भागमा कुनै कपडा नलगाएको पनि महिनौँ भयो। कपडा लगाउँदा घाउमा टाँसिने भएकाले उनले फरियाको फेरले शरीर ढाकिरहेकी छिन्। उनको छातीको देब्रे भागमा ठूलो घाउ छ।
करिब तीन महिनाअघि उनलाई घाउले निकै पिरोल्न थालेपछि मात्र अरूलाई भन्न बाध्य भएको उनले बताइन्। उनको घाउबाट निरन्तर पिपजस्तो देखिने सेतो पदार्थ बगिरहेको छ।
औषधि किन्ने पैसा छैन :
कान्छीमाया धेरै बोल्दिनन् । तीन–चारपटक सोध्दा बल्ल उनी जवाफ फर्काउँछिन् । उनी अहिलेसम्म अस्पताल गएकी छैनन् । पैसा नभएरै अस्पताल नगएको उनको भनाइ छ।
’बिरामी भएको यति लामो समयसम्म किन अस्पताल नजानुभएको ?’ भन्ने प्रश्नमा कान्छीमायाले मलिनो स्वरमा भनिन्, ’औषधि किन्ने पैसा छैन।
घाउ फुक्छन् धामीझाँक्री :
अस्पताल नगए पनि उनी झरफुकका लागि धामीझाँक्रीकहाँ जान्छिन्। ’जब उनको घाउ दुखेर चल्न, चटपटाउनसमेत गाह्रो पर्छ अनि धामीझाँक्री बोलाउँछिन्,’ स्थानीय सेते तामाङले भने, ’धेरै वर्षदेखि आएको घाउ रहेछ, तर भन्न नसकेकी रहिछन्, दुखेर सहनै नसकेपछि बल्ल तीन महिनाअघि कान्छीमायाले भनेकी थिइन्।’ कान्छीमायाले घाउमा अहिले गाउँकै जडीबुटी प्रयोग गरिरहेकी छिन्। अहिले कान्छीमायाको घरमा दैनिक झारफुक गर्न धामी आउने गरेको सेतेले बताए।
वर्षौंदेखिको छातीको घाउ झारफुक गरेर निको पार्ने अन्धविश्वास अहिले पनि गाउँतिर जताततै छ। औषधि किन्ने पैसा भएको भए कान्छीमायालाई अस्पताल जान केही असहज थिएन। तर, उनको घाउ झारफुक र जडीबुटीले २० बाट १९ पनि नभएको सेतेले बताए।
भोकभोकै सुत्छिन् :
घाउकै कारण महिनौँदेखि कान्छीमाया हिँडडुल गर्न सकेकी छैनन् । कसैले पकाएर दिए खान्छिन्, नत्र भोकै। न त काम गर्न सक्छिन्, न त कतै हिँडडुल गर्न नै। गरिबीले पिल्सिएको उनको तीनजनाको परिवार छ। परिवारमा श्रीमान् र १४ वर्षकी छोरी छन्। छोरीलाई फुपूले काठमाडौं लगेर पढाएकी छिन्। श्रीमान् पनि काम गर्न सक्ने अवस्थाका छैनन्।
ज्यालादारी काम गर्ने कान्छीमायाको श्रीमान् रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा बेँसी झरेका थिए। बेँसीमा कान्छीमायाको चार-पाँच मुरी धान फल्ने खेत छ। कान्छीमायाको घरमा काम गर्न सक्ने श्रीमान् मात्रै छन्। सम्पत्तिको नाममा उनीहरूको त्यही खेत र दुईवटा बाख्रा छन्। नयाँ पत्रिका दैनिकबा
-
Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment