Thursday, November 17, 2016

काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना, एकको ज्यान गयो :

तीनकुनेमा आज शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भिर घाइते भएका नेपाली सेनामा कार्यरत हरिगोपाल श्रेष्ठको मृत्यु भएको हो। नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि लगिएका श्रेष्ठको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतक श्रेष्ठ नेपाली सेनाको चन्दननाथ गणमा कार्यरत थिए।

उनको टाउको र छातिमा गम्भिर चोट लागेको थियो। दुर्घटनास्थलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो। गौशाला क्षेत्रबाट नयाँ बानेश्वर तर्फ जाँदै गरेको मोटरसाइकल कोटेश्वरबाट गौशालातर्फ जाँदै गरेको बा ३ ख २०५६ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटना हुने वित्तिकै प्रहरीलाई खबर नभएको भन्दै उद्धारमा खटेका प्रहरी जवानहरुले घाइतेको धेरै गम्भिर अवस्थामा मात्र अस्पताल पुर्‌याउन सकेको बताएका छन्। स्थानीय ठाउँमा घटेका घटनाबारे प्रहरीको हटलाइन नम्बर १०० मा कल तत्काल खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ। अन्नपूर्ण पोस्टबा -

No comments:

Post a Comment

a2

१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै

हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...