Friday, November 11, 2016
नोट गन्दा गन्दै हृदयघात हुँदा महिलाको मृत्यु, पैसा देखेपछि पुलिस पनि चकित
भारतमा ५ सय र हजारको नोट बन्द भएको सूचना पछि बिहिबार नोट गन्दा गन्दै एक वृद्ध महिलाको हृदयघातका कारण मृत्यु भएको छ । पुलिसले शव नजिकबाट एक हजार र ५ सय रुपैयाँको नोटको २ लाख ६९ हजार भारतीय रुपैयाँ पाएपछि चकित भएका छन् । यी महिला गत २० वर्षदेखि एक्लै बस्दै आएकी थिइन् ।
महिलाको मृत्यु भएपछि धेरै मानिसले उनी आफन्त भएको बताएः
सन्नो नामकी एक वृद्ध महिला विगत २० वर्षदेखि एक्लै बस्दै आएकी थिइन् । मानिसहरु उनलाई खाला नामले बोलाउँथे र कानपुरको जूहीमा बस्ने उनी स्थानीयबिच निकै लोकप्रिय थिइन् । उनको छिमेकीका अनुसार उनले एक–एक रुपैयाँ जोडेर बुढेसकालकालका लागि भनी पैसा जम्मा गरेकी थिइन् र उनले यहि पैसाले आफ्नो गुजारा गर्दै आएकी थिइन् ।
स्थानीयका अनुसार जब सन्नोलाई १ हजार र ५ सयको नोट चल्दैन भन्ने थाहा भयो तब उनी निकै तनावमा थिइन् । त्यसपछि उनी आफूले जम्मा गरको पैसा निकालेर गन्न थालिन् । नोट गन्दा गन्दै उनको हृदयघात भयो जसले उनको ज्यानसमेत लियो । शव नजिकै कति पैसा छरिएका थिए भने कतिको बन्डल थियो ।
मृत्युको सूचना पाएपछि महिलाको पुर्खौली गाउँबाट केही मानिस आए र उनी आफ्नो आफन्त भएको बताउन थाले ।
मानिसले भने, ‘पहिले देहव्यापार गर्थिन्’
उक्त क्षेत्रमा बस्ने राजाका अनुसार सन्नो पछिल्लो २० वर्षदेखि एक्लै बस्दै आएकी थिइन् । उनले भने, ‘मेरो जानकारी अनुसार यो बिचमा उनका कुनै पनि आफन्त उनलाई भेट्न आएनन् ।’
राजालाई विश्वास गर्ने हो भने उनी केहि वर्षदेखि देह व्यापारको काम गर्दथिन् । उनको घरमा धेरै मानिसहरु आउने जाने गर्दथे ।

Subscribe to:
Post Comments (Atom)
a2
१००० हाेईन, ५ सय रुपैयाँमै १० कित्ता भर्न मिल्ने नयाँ आईपीओ आउँदै
हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ । कम्पनीली सर्वसाधारणलाई प्रतिकित...
-
कार्तिक २५, ललितपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा घर बन्नसक्ने...
No comments:
Post a Comment